बैतडीको दोगडाकेदार गाउँपालिकाले १६औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक जितेकी छात्रा सुनिता पार्कीलाई नगदसहित सम्मान गरेको छ।
जिल्ला प्रशासन कार्यालय बैतडीले सेवा प्रवाहलाई सहज, छरितो तथा नागरिकमैत्री बनाउन एकद्वार सेवा प्रणाली लागू गरेको छ। प्रणाली लागू भएसँगै नागरिकता, राहदानीलगायतका सेवा एउटै स्थानबाट उपलब्ध हुन थालेका छन्।
जगन्नाथ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले विभिन्न माग राख्दै बैतडी अस्पताल व्यवस्थापन समितिलाई ९ बुँदे ज्ञापनपत्र बुझाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको प्रथम जिल्ला अधिवेशनबाट नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ । पाटनमा सम्पन्न अधिवेशनले भीम नाथलाई जिल्ला सभापतिमा चयन गरेको हो ।
बैतडीमा पनि जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइएको छ ।
बैतडीको पञ्चेश्वर गाउँपालिकामा आँखा सम्बन्धी स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न आँखा उपचार केन्द्र सञ्चालन गरिएको छ।
बैतडीको पञ्चेश्वर गाउँपालिकाले लागुऔषध दुर्व्यसन नियन्त्रण तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
पञ्चेश्वर गाउँपालिका र सशस्त्र प्रहरी बल नेपाल नं. ५१ गुल्म बैतडीको सहजीकरणमा जैविक विविधता संरक्षण तथा विपद् व्यवस्थापनका क्षेत्रमा स्थानीय स्वयंसेवक परिचालन गर्ने उद्देश्यले अभ्यासमा आधारित तालिम सञ्चालन गरेको छ।
प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा विचाराधीन रहेको ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक’ राष्ट्रिय सभाले यही जेठ २२ गतेसम्म पारित गरिसक्नु पर्ने थियो । तर यो विधेयक सभामा निर्णयार्थ प्रस्तुत हुने प्रक्रियामै अगाडि बढ्न सकेन ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा पाँचौं स्थानमा झरेका छन् ।