spot_img

कञ्चनपुरलाई पराजित गर्दै डडेल्धुराले जित्यो यू–१९ क्रिकेटको उपाधि

बैतडीको दशरथचन्द खेलमैदान, सुन्दरखालीमा सम्पन्न फाइनलमा कञ्चनपुरलाई चार विकेटले पराजित गर्दै डडेल्धुराले उपाधि हात पारेको हो ।

- Advertisement -

केशवराज भट्ट, बैतडी- असोज ३१ गते । निराजन गौतमको उत्कृष्ट ब्याटिङ र बलिङको मद्दतमा डडेल्धुराले वाई वाई यू–१९ पुरुष सुदूरपश्चिम प्रदेशस्तरीय एकदिवसीय क्रिकेट छनोट प्रतियोगिताको उपाधि जितेको छ । बैतडीको दशरथचन्द खेलमैदान, सुन्दरखालीमा सम्पन्न फाइनलमा कञ्चनपुरलाई चार विकेटले पराजित गर्दै डडेल्धुराले उपाधि हात पारेको हो ।

कञ्चनपुरले दिएको २११ रनको लक्ष्य डडेल्धुराले ३७.२ ओभरमा छ विकेट गुमाएर पूरा गर्‍यो । डडेल्धुराको जितमा निराजन गौतमले ८० रन बनाउँदै महत्वपूर्ण योगदान दिए । फाइनल खेलका म्यान अफ दी म्याचसमेत चुनिएका उनले बलिङतर्फ दुई विकेट लिए ।

यस्तै, डडेल्धुराका मनिष जोशीले ४४ र भरत कुँवरले ३४ रन बनाए । कञ्चनपुरका अंकित चन्द र जनक सुनारले दुई–दुई विकेट लिए । यसअघि टसपछि पहिले ब्याटिङ गरेको कञ्चनपुरले ३८.४ ओभरमा सबै विकेट गुमाएर २१० रन बनाएको थियो । कञ्चनपुरका राहुल चन्दले सर्वाधिक ६६ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन् ।

डडेल्धुराका सुवेश रावल, यशकुमार कठायत र तपेन्द्र बोहराले दुई–दुई विकेट लिए । यसैबीच, प्रतियोगितामा बैतडीका विक्रम बोहरा म्यान अफ दी सिरिज र उत्कृष्ट ब्याटर घोषित भएका छन् । उनले प्रतियोगिताभर १५३ रन बनाउनुका साथै सात विकेट लिएका थिए ।

डडेल्धुराका यशकुमार कठायत उत्कृष्ट बलर बने । उनले प्रतियोगितामा व्यक्तिगत १० विकेट लिएका प्रतियोगिताका स्कोरर अनिल विष्टले जानकारी दिनुभयो । प्रतियोगिताको समापन समारोहमा नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, केन्द्रीय सदस्य विक्रम विष्ट, सुदूरपश्चिम प्रदेश क्रिकेट सङ्घका अध्यक्ष बासुदेव जोशी, उपाध्यक्ष रमेश बोहरा, सचिव लक्ष्मणदत्त भट्ट, कोषाध्यक्ष दिनेश सिंह, प्रदेश क्रिकेटका प्रमुख छनोटकर्ता दीपेन्द्र भण्डारीलगायतको उपस्थिति थियो ।


त्यस्तै, बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष लोगराज जोशी, उपाध्यक्ष सिद्धराज बोकटी, सचिव श्यामबहादुर चन्द तथा डडेल्धुरा क्रिकेट सङ्घका सचिव निरज रावललगायत सहभागी हुनुहुन्थ्यो ।

असोज २४ गतेदेखि सुरु भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका आठ टोली सहभागी थिए । प्रतियोगिताबाट यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली तयार गरिनेछ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

केशव राज भट्ट
केशव राज भट्टhttps://www.bashulingmedia.com/
उहाँ यस बाशुलिङ्ग मिडिया प्रा.लि का सञ्चालक हुनु का साथै गाेरखापत्रका जिल्ला समाचारदाता पनि हुनुहुन्छ ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img