बैतडी असोज २० गते । नेपाली कांग्रेसको संस्थापन इतर समूहले बैतडीको सुर्नया गाउँपालिकाका सातै वडामा वडा अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनबाट सातै वडामा सर्वसम्मत रूपमा वडा कार्यसमिति चयन गरिएको जनाएको छ ।
अधिवेशनबाट वडा नं. २ मा नरेन्द्रबहादुर विष्ट, वडा नं. ३ मा बलबहादुर विष्ट, वडा नं. ४ मा रणबहादुर चन्द, वडा नं. ५ मा जयबहादुर विष्ट, वडा नं. ६ मा चन्द्रसिंह कुँवर, वडा नं. ७ मा भक्तबहादुर कुँवर र वडा नं. ८ मा दीपेन्द्रबहादुर बोहरा वडा सभापतिमा चयन हुनुभएको छ ।
संस्थापन पक्षले यसअघि नै वडा कार्यसमिति गठन गरिसकेको अवस्थामा इतर समूहले छुट्टै अधिवेशनमार्फत वडा कार्यसमिति चयन गरेको हो । सबै वडामा अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको केशवबहादुर विष्टले बताउनुभयो ।











