spot_img

त्रिपुरासुन्दरी भगवतीको अषाढी जात्रा, सीमापारिका भक्तजनको पनि उल्लेख्य सहभागिता

- Advertisement -

बैतडी, साउन ७ गते । बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा अषाढी जात्रा लागेको छ । हरेक वर्ष असार शुक्ल अष्टमी र नवमीका दिन लाग्ने यो जात्रा यस वर्ष अधिकमासका कारण साउन महिनामा परेको त्रिपुरासुन्दरी भगवती मन्दिरका पुजारी हेमराज लेखकले बताउनुभयो ।

असार शुक्ल अष्टमीको राति भगवतीको विशेष पूजाआजा गरिने र नवमीका दिन मुख्य जात्रा लाग्ने उहाँले बताउनुभयो । अषाढी जात्राका अवसरमा त्रिपुरासुन्दरी भगवतीको मूल मन्दिरबाट कापडी गाउँमा रहेको मन्दिरसम्म भगवतीको सवारी गराउने परम्परा छ । कापडी गाउँमा पूजाआजा सम्पन्न भएपछि भगवतीको पुनः मूल मन्दिरमा फिर्ती सवारी हुने गर्दछ ।

जात्राका अवसरमा राँगा तथा बोकाको बलि दिने परम्परा पनि रहेको छ । त्रिपुरासुन्दरी भगवती मन्दिरमा हरेक वर्ष दशैँ, कार्तिक शुक्ल अष्टमी, चैते दशैँ र असार शुक्ल अष्टमीका अवसरमा मेला तथा जात्रा लाग्ने गर्दछ ।

जात्रामा नेपालका विभिन्न स्थानबाट भक्तजन आउने गरेका छन् भने सीमावर्ती भारतीय क्षेत्रबाट समेत ठूलो सङ्ख्यामा दर्शनार्थी सहभागी हुने गरेका छन् । सीमावर्ती भारतीय दर्शनार्थीको सहभागिता उल्लेख्य रहने स्थानीय बल्देव थापाले बताउनुभयो ।

त्रिपुरासुन्दरी भगवतीको दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वासका कारण भक्तजनहरू कठोर व्रत बसेर पूजाआजामा सहभागी हुने गरेको स्थानीय पूर्णानन्द लेखकले बताउनुभयो । असार शुक्ल अष्टमीदेखि सुरु भएको अषाढी जात्रा नवमीका दिन सम्पन्न हुने जनाइएको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img