बैतडीको पाटन नगरपालिका–६ वडा कार्यालयले उदयदेव मन्दिरमा लाग्ने जात्रालाई लक्षित गरी विभिन्न उपभोग्य वस्तुको मूल्य निर्धारण गरेको छ।
नेपाल टेलिकमले एनटी फाइबर (FTTH) सेवाअन्तर्गत वाइफाइ ६ प्रविधिसहितका नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ। कम्पनीले ३० एमबीपीएसदेखि २०० एमबीपीएससम्मका वार्षिक प्याकेज सञ्चालनमा ल्याएको हो।
बैतडीको सुर्नया गाउँपालिका–३ स्थित बाशुलिङ्ग स्वास्थ्य चौकीले आगामी कात्तिक १ गतेदेखि फोनमार्फत आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ।
जिल्ला प्रशासन कार्यालय बैतडीले नेपालीहरूको महान् चाड दशैँ तथा तिहारको समयमा जुवातास खेल्न/खेलाउन र अत्यधिक मदिरा सेवन गरी अशान्ति फैलाउन कडा प्रतिबन्ध लगाएको छ।
बैतडीमा किसानको विवरण सङ्कलन तथा अभिलेखीकरण गर्ने उद्देश्यले सञ्चालन भइरहेको किसान सूचीकरण कार्यक्रमलाई कृषि ज्ञान केन्द्रले प्राथमिकताका साथ अघि बढाएको छ ।
बैतडीको पञ्चेश्वर गाउँपालिकाबाट प्रहरीले तीन लाख १७ हजार रुपैयाँभन्दा बढी मूल्यका भन्सार छली गरी ल्याइएका सामान बरामद गरेको छ ।
दसैँ, तिहारलगायतका चाडपर्वमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न बैतडीमा चार सय प्रहरी परिचालन गरिएको छ ।
बैतडीको खोड्पेमा निर्माण गरिएको ट्रमा सेन्टर सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।
बैतडीमा हुर्किएर विद्यार्थी जीवनदेखि नै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएकी २५ वर्षीया युवा नेतृले नेपाली कांग्रेसको केन्द्रीय सदस्य, सुदूरपश्चिम प्रदेश युवा महिला पदमा उम्मेदवारी दर्ता गरेकी छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा हरक सिंह बिष्टले केन्द्रीय सदस्य (खस आर्य खुलातर्फ) उम्मेदवारी दिएका छन्।