होटल संघ नेपाल (HAN) सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा प्रकाशचन्द्र भट्ट सर्वसम्मत निर्वाचित हुनुभएको छ।
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि शहीद दशरथ चन्द स्मृति प्रतिष्ठान कार्यसमितिले आर्थिक सहयोग गरेको छ ।
नेपाली कांग्रेस बैतडीले रसुवालगायतका जिल्लामा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग गर्ने भएको छ ।
बैतडीको सुर्नया गाउँपालिका–२ लिस्किटामा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
गौरा पर्वको दोस्रो दिनका रुपमा मनाइने नानी गौरामा व्रतालु महिलाहरुले अघिल्लो दिन भिजाएका बिरुडा नजिकका धारा, तलाउ तथा पानीका मुहानमा लगेर धुने र पूजा गर्ने परम्परा छ ।
सुदूरपश्चिममा गौरा पर्व सुरु, आज बिरुडा भिजाइँदै।
नेपाल–भारत सीमा क्षेत्रमा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा विपद् व्यवस्थापनमा सहकार्य गर्ने विषयमा भारतको पिथौरागढमा सीमा समन्वय समितिको बैठक सम्पन्न भएको छ।
सुदूरपश्चिमेलीको प्रमुख मौलिक पर्व गौरा आजदेखि सुरु भएको छ । गौरा पर्वको पहिलो दिन आज घर–घरमा पाँच प्रकारका अन्न भिजाएर बिरुडा बनाइँदैछ ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका बैतडीका तीन जना सम्पर्कमा आएका छन् भने अन्य नौ जना अझै सम्पर्कविहीन रहेका छन् ।
बैतडीको सुर्नया गाउँपालिका–२ लिस्किटामा भदौ १४ गते गौरापर्व विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। श्री बासुदेव माध्यमिक विद्यालयको प्राङ्गणमा सुर्नया युनाइटेड क्लबको आयोजनामा कार्यक्रम हुन लागेको हो।