spot_img

बैतडीमा २३औं संस्करणको बिडिसिए कप क्रिकेट मंसिरमा हुने

गत वर्ष सम्पन्न यस प्रतियोगिताको २२औं संस्करणको उपाधि निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसि) ले जितेको थियो।

- Advertisement -

बैतडी, कार्तिक ५ गते । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको बैतडी छनोट तथा बिडिसिए कप क्रिकेट प्रतियोगिताको २३औं संस्करण आगामी मंसिरमा हुने भएको छ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगिता मंसिर १२ गतेदेखि सुरु हुनेछ। संघका सचिव श्यामबहादुर चन्दका अनुसार प्रतियोगिताका सम्पूर्ण खेलहरू दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा खेलाइने छन्।

प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक क्लबहरूका लागि टिम दर्ता खुला गरिएको छ। सहभागिता जनाउने क्लबहरूले आगामी कात्तिक ३० गतेभित्र टिम दर्ता गराउनुपर्नेछ भने यसका लागि टिम दर्ता शुल्क १० हजार रूपैयाँ तोकिएको छ। यसका साथै, नयाँ दर्ता भएका क्लबहरूले पनि यस प्रतियोगितामा भाग लिन पाउने संघले जनाएको छ। प्रतियोगितासम्बन्धी अन्य विस्तृत विवरणहरू भने केही दिनमै सार्वजनिक गरिने सचिव चन्दले जानकारी दिनुभयो।

बैतडी जिल्ला क्रिकेट संघले नियमित रूपमा प्रत्येक वर्ष बिडिसिए कपको आयोजना गर्दै आएको छ। गत वर्ष सम्पन्न यस प्रतियोगिताको २२औं संस्करणको उपाधि निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसि) ले जितेको थियो।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

कैलालीमा दसैँ मनाउन गएको मौका छोपी घरबाट सुनचाँदी तथा नगद चोरी

0
कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियास्थित वनदेवी टोलमा बस्दै आएका एक व्यक्तिको घरबाट ६ तोला सुन, २ तोला चाँदी र नगद गरी लाखौँको धनमाल चोरी भएको छ।

आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ नेपालमा हुने

0
सन् २०२७ को एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img