बैतडी, भदौ २१ गते । बैतडीको पञ्चेश्वर गाउँपालिका–१ पालडीस्थित नागार्जुन आधारभूत विद्यालय प्रजापति (पी.पी.) प्रसाईं प्रोत्साहन पुरस्कारबाट पुरस्कृत भएको छ।
सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास अभिवृद्धि गर्दै शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तनका लागि योगदान पु¥याएको भन्दै पीपी प्रसाईं फाउन्डेसनले विद्यालयलाई पुरस्कार प्रदान गरेको हो।
विद्यालयलाई एक लाख रुपियाँ नगद, प्रमाणपत्र तथा शैक्षिक सामग्री प्रदान गरिएको फाउन्डेसनले जनाएको छ। पुरस्कारले विद्यालयको शैक्षिक सुधारसँगै सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास बढाउन थप प्रेरणा मिल्ने प्रधानाध्यापक सुरेश सार्कीले बताउनुभयो।
फाउन्डेसनका अनुसार सामुदायिक विद्यालयमा कार्यरत देशभरका उत्कृष्ट छ जना शिक्षकलाई समेत पुरस्कृत गरिएको छ।यो समाचारमा विद्यालयले पाएको पुरस्कारलाई केन्द्रमा राखेर, कारण, पुरस्कारको राशि र यसको प्रभावसमेत छोटकरीमा समेटिएको छ।








