spot_img

कैलालीमा दसैँ मनाउन गएको मौका छोपी घरबाट सुनचाँदी तथा नगद चोरी

मूल घर बैतडी भई हाल अत्तरियामा बस्दै आएका हरिमोहन भट्टको घरबाट चोरी भएको प्रहरीले जनाएको छ ।

- Advertisement -

कैलाली, कात्तिक ८ गते । कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियास्थित वनदेवी टोलमा बस्दै आएका एक व्यक्तिको घरबाट ६ तोला सुन, २ तोला चाँदी र नगद गरी लाखौँको धनमाल चोरी भएको छ। दसैँ मनाउन परिवारसहित पहाड (गृहजिल्ला) गएको मौका छोपी चोरले सो चोरी गरेको प्रहरीले जनाएको छ।

मूल घर बैतडी भई हाल अत्तरियामा बस्दै आएका हरिमोहन भट्टको घरबाट उक्त परिमाणको सुनचाँदी र घरको गुल्लकमा जम्मा गरी राखेको करिब डेढ लाख रुपैयाँ चोरी भएको हो।

घरधनी भट्टका अनुसार उनी परिवारसहित गत असोज २५ गते दसैँ मनाउन आफ्नो घर बैतडी गएका थिए। यसैगरी कात्तिक ५ गते दसैँ पर्व सकेर अत्तरियास्थित आफ्नै घर फर्किएपछि मात्र घरमा चोरी भएको विषयमा जानकारी पाएको उनले बताएका छन्।

घटनाको बारेमा पीडित भट्टले इलाका प्रहरी कार्यालय मालाखेतीमा उजुरी दर्ता गराएका छन्। प्रहरी कार्यालय मालाखेतीले चोरीसम्बन्धी उजुरी प्राप्त भएको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ नेपालमा हुने

0
सन् २०२७ को एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ।

बैतडीमा २३औं संस्करणको बिडिसिए कप क्रिकेट मंसिरमा हुने

0
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको बैतडी छनोट तथा बिडिसिए कप क्रिकेट प्रतियोगिताको २३औं संस्करण आगामी मंसिरमा हुने भएको छ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img