spot_img

दसैँ मनाउन गाउँ गएका भट्टको घरबाट ६ तोला सुनसहित नगद रकम चोरी

- Advertisement -

कैलाली । दसैँ मनाउन परिवारसहित बैतडी आएका हरिमोहन भट्टको कैलालीस्थित घरबाट ६ तोला सुनसहित नगद रकम चोरी भएको छ ।

कैलालीको गोदावरी नगरपालिका–१, अत्तरिया वनदेवी टोलमा बस्दै आएका भट्टको घरबाट दुई तोला चाँदी र गुल्लकमा जम्मा गरेर राखेको करिब डेढ लाख रुपैयाँसमेत चोरी भएको प्रहरीले जनाएको छ ।

घरधनी भट्टका अनुसार उनी असोज २५ गते परिवारसहित दसैँ मनाउन बैतडी आएका थिए । कात्तिक ५ गते कैलालीस्थित घर फर्किएपछि चोरी भएको थाहा पाएको उनले बताएका छन् ।

घटनाबारे भट्टले इलाका प्रहरी कार्यालय मालाखेतीमा उजुरी दिएका छन् । कार्यालयका अनुसार चोरीसम्बन्धी उजुरी प्राप्त भएको र घटनाबारे अनुसन्धान भइरहेको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

गोदावरीका १९ वर्षीय युवासहित तीन जना पक्राउ

0
कैलालीको धनगढी उपमहानगरपालिका–४ दक्षिणकाली मार्गबाट ३ ग्राम ५८ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन्।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img