spot_img

चाडपर्वमा जुवातास र मदिरा नियन्त्रण गर्न बैतडी प्रशासनको कडा निर्देशन

- Advertisement -

बैतडी, असोज २९ गते । जिल्ला प्रशासन कार्यालय बैतडीले नेपालीहरूको महान् चाड दशैँ तथा तिहारको समयमा जुवातास खेल्न/खेलाउन र अत्यधिक मदिरा सेवन गरी अशान्ति फैलाउन कडा प्रतिबन्ध लगाएको छ।

प्रशासनले बिहीबार एक सूचना जारी गर्दै चाडपर्वका नाममा नगद रकम, घरजग्गा, गरगहना वा अन्य चल-अचल सम्पत्ति दाउमा राखेर जुवातास खेल्ने, स्थान उपलब्ध गराउने तथा मदिरा सेवन गरी सार्वजनिक शान्ति-सुरक्षामा खलल पुर्‍याउने कार्य नगर्न चेतावनी दिएको छ।

प्रमुख जिल्ला अधिकारी मीना अर्यालद्वारा जारी सूचनामा जुवातास र असीमित मदिरा सेवनका कारण आर्थिक तथा सामाजिक असर पर्नुका साथै पारिवारिक कलह, घरेलु हिंसा, दुर्घटना र अन्य आपराधिक गतिविधि बढ्ने भएकाले यस्ता कार्यको नियन्त्रण गर्नु सबैको साझा दायित्व भएको उल्लेख छ।

प्रशासनले चाडपर्वलाई मर्यादित, सभ्य, सुरक्षित र शान्तिपूर्ण रूपमा मनाउन आग्रह गर्दै गैरकानुनी र अवाञ्छित गतिविधि भएको पाइएमा नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा खबर गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। सूचनाको उल्लङ्घन गरी गैरकानुनी गतिविधिमा संलग्न हुने व्यक्तिहरूमाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय बैतडी द्वारा जारी सुचना ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ नेपालमा हुने

0
सन् २०२७ को एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ।

बैतडीमा २३औं संस्करणको बिडिसिए कप क्रिकेट मंसिरमा हुने

0
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको बैतडी छनोट तथा बिडिसिए कप क्रिकेट प्रतियोगिताको २३औं संस्करण आगामी मंसिरमा हुने भएको छ।

कैलालीमा दसैँ मनाउन गएको मौका छोपी घरबाट सुनचाँदी तथा नगद चोरी

0
कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियास्थित वनदेवी टोलमा बस्दै आएका एक व्यक्तिको घरबाट ६ तोला सुन, २ तोला चाँदी र नगद गरी लाखौँको धनमाल चोरी भएको छ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img