बैतडी, असाेज २९ गते । बैतडीको सुर्नया गाउँपालिका–३ स्थित बाशुलिङ्ग स्वास्थ्य चौकीले आगामी कात्तिक १ गतेदेखि फोनमार्फत आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ।
स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच सहज बनाउने उद्देश्यले स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको असोज २९ गते बसेको बैठकले ‘अन कल’ सेवा सञ्चालन गर्ने निर्णय गरेको स्वास्थ्य चौकीले जनाएको छ।
उक्त सेवा सार्वजनिक बिदाका दिन तथा नियमित कार्यालय समयपछि मात्र उपलब्ध हुनेछ। बिरामीको अवस्था र समस्याको प्रकृतिअनुसार स्वास्थ्यकर्मीले बिरामीको घरमै पुगेर वा स्वास्थ्य चौकीमै सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ।
आकस्मिक स्वास्थ्य सेवा आवश्यक परेमा सर्वसाधारणले निम्न सम्पर्क नम्बरमा फोन गर्न सक्नेछन्।
- दल बहादुर विष्ट (स्वास्थ्य चौकी प्रमुख): ९८४५८२५४०
- नैन सिह ऐरी (सि.अ.हे.व.): ९८४८८३५२१७
आशिका कुमारी चौधरी (अ.हे.व.): ९७६१७०१७४१
यसैबीच, आकस्मिक सेवाको नाममा सामान्य स्वास्थ्य समस्या भएका व्यक्तिले स्वास्थ्यकर्मीलाई अनावश्यक दुःख नदिन स्वास्थ्य चौकी प्रशासनले आग्रह गरेको छ।








