spot_img

पञ्चेश्वरबाट तीन लाख १७ हजारको भन्सार छलीका सामान बरामद

- Advertisement -

बैतडी, असाेज २८ गते । बैतडीको पञ्चेश्वर गाउँपालिकाबाट प्रहरीले तीन लाख १७ हजार रुपैयाँभन्दा बढी मूल्यका भन्सार छली गरी ल्याइएका सामान बरामद गरेको छ ।

गोप्य सूचनाका आधारमा प्रहरी चौकी हल्दुविनायक र इलाका प्रहरी कार्यालय तस्वदेहीबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार दिउँसो ३ बजे पञ्चेश्वर गाउँपालिका–४, विनायकघाट क्षेत्रबाट भन्सार छलीका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रहरीका अनुसार विनायकघाटबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका सामान सोही वडाको तिमलेखालीस्थित विनायक जङ्गलमा बेवारिसे अवस्थामा फेला परेका थिए ।

बरामद गरिएका सामानमा चिनी, तोरी तथा तिलको तेल, पेठा मिठाई, ध्वजा तथा नेजा, मन्दिरका घण्टी, रेडिमेड अचार, नरिवल, पापड, पेन्ट, चप्पल, सुर्ती, जिरा, स्टिलका भाँडाकुँडा, स्याम्पु, तालाचाबी, पास्ता र ढोकाका ह्यान्डललगायत २४ प्रकारका खाद्यान्न तथा घरायसी सामग्री रहेका छन् ।

प्रहरीका अनुसार बरामद सामानको अनुमानित मूल्य तीन लाख १७ हजार सात सय १० रुपैयाँ रहेको छ ।

बरामद गरिएका सामान आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बैतडी ल्याउने प्रक्रिया अघि बढाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

गोदावरीका १९ वर्षीय युवासहित तीन जना पक्राउ

0
कैलालीको धनगढी उपमहानगरपालिका–४ दक्षिणकाली मार्गबाट ३ ग्राम ५८ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन्।

दसैँ मनाउन गाउँ गएका भट्टको घरबाट ६ तोला सुनसहित नगद रकम चोरी

0
दसैँ मनाउन परिवारसहित बैतडी आएका हरिमोहन भट्टको कैलालीस्थित घरबाट ६ तोला सुनसहित नगद रकम चोरी भएको छ ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img