spot_img

पेन्सन बुझ्न जाँदै गरेका बैतडीका एक वृद्ध बाटोमै बेहोस पछि मृत्यु

- Advertisement -

बैतडी, असाेज १९ गते – बैतडीमा पेन्सन बुझ्न जाँदै गरेका बैतडीका एक वृद्धको बाटोमै बेहोस भएपछि उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया गाउँपालिका–२ का ६० वर्षीय डम्बरबहादुर चन्द रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सोमबार बिहान सवारी साधन (जीप) मा सवार भई बैतडी सदरमुकाम गोठलापानी जाने क्रममा दशरथचन्द नगरपालिका–१, गुरुखोला आइपुग्दा चन्द अचानक बेहोस भएका थिए ।

जीपमै अचेत भएका चन्दलाई  तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बैतडी पु¥याइएको थियो । तर, अस्पतालमा उपचारकै क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

यसैबिच मृतक चन्दको शव पोस्टमार्टम पश्चात् आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

मन्त्रीपरिषद्को पाँच निर्णय सार्वजनिक

0
सरकारले सोमबार बसेको मन्त्रीपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक गरेको छ ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img