भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न तयार रहेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पताल बैतडीलाई ५० शय्यामा स्तरोन्नति गर्ने भएको छ। प्रदेश सरकारले सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बैतडीसहित पहाडी जिल्लाका अस्पताललाई २५ देखि ५० शय्यामा स्तरोन्नति गर्ने घोषणा गरेको हो।
बैतडी जिल्लाका विभिन्न गाउँ यतिबेला हरियालीले ढाकिएका छन् । विशेषगरी पाटन नगरपालिकाको खोड्पेक्षेत्रका खेतबारीमा फैलिएका आलुका फाँटले ग्रामीण भेगको सौन्दर्य मात्रै बढाएको छैन,यसले किसानको जीवनमा आशा र आत्मनिर्भरताको नयाँ आधार पनि बनेको छ ।
माध्यमिक विद्यालय गुजरको ७२औँ वार्षिकोत्सव समारोहका अवसरमा “सुन्दर धाना स्मृति छात्रवृत्ति अक्षय कोष” मार्फत तीन जना अनाथ, असहाय तथा प्रतिभाशाली विद्यार्थीलाई छात्रवृत्ति तथा सम्मान प्रदान गरिएको छ।
दशरथचन्द नगरपालिका–४ देवलहाटस्थित कुल्लेकोट दरबार संरक्षणको अभावमा भग्नावशेष बन्दै गएको छ । कुनै समय न्याय र सांस्कृतिक गतिविधिको केन्द्रका रूपमा चिनिएको यो ऐतिहासिक स्थल अहिले उपेक्षित अवस्थामा रहेको छ ।
निर्माण सामग्री र पेट्रोलियम पदार्थको मूल्यवृद्धि समायोजनको माग गर्दै बैतडीका निर्माण व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।
किशोरीहरू लागू पदार्थको जोखिममा पर्न थालेपछि बैतडीमा विद्यालयस्तरमै सचेतना अभियान सञ्चालन गरिएको छ ।
केशवराज भट्ट,बैतडी, जेठ २ गते । मनसुन सक्रिय हुने समय नजिकिँदै जाँदा सम्भावित प्राकृतिक विपद्बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि बैतडीमा सशस्त्र प्रहरीले अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरेको छ ।
बैतडीमा चट्याङको प्रकोपले पशुधनमा क्षति पुर्याएको छ भने एक पुरुष मृत फेला परेका छन् ।


















