spot_img

बैतडी जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति हुने

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
- Advertisement -

सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पताल बैतडीलाई ५० शय्यामा स्तरोन्नति गर्ने भएको छ। प्रदेश सरकारले सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बैतडीसहित पहाडी जिल्लाका अस्पताललाई २५ देखि ५० शय्यामा स्तरोन्नति गर्ने घोषणा गरेको हो।

प्रदेश प्रमुख नजिर मियाले प्रदेश सभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा पहाडी जिल्लाका अस्पतालको सेवा विस्तार र स्तरोन्नतिलाई प्राथमिकतामा राखिएको उल्लेख छ।

हाल जिल्ला अस्पताल बैतडी १५ शय्यामा सञ्चालन हुँदै आएको छ। यद्यपि उपलब्ध भौतिक पूर्वाधार र सेवाग्राहीको चापका आधारमा अस्पतालले ५० शय्यासरहको सेवा सुविधा प्रदान गर्दै आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर क्षेत्रीले बताउनुभयो।

उहाँका अनुसार अस्पतालमा ५० शय्याको सेवा सञ्चालन गर्न आवश्यक भौतिक संरचना तथा बिरामीको पर्याप्त चाप रहेकाले सोहीअनुसार स्तरोन्नति गर्न प्रदेश सरकारसमक्ष माग गरिएको थियो।

अध्यक्ष क्षेत्रीले एमएसएस एसेसमेन्ट सर्वेक्षणमा ९१ अंक प्राप्त गरी जिल्ला अस्पताल बैतडी दुई पटकसम्म देशकै उत्कृष्ट अस्पतालमध्ये पर्न सफल भएकाले प्रदेश सरकारले अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय लिनेमा आफूहरू विश्वस्त रहेको बताउनुभयो।

यस्तै, प्रदेश सरकारले सुदूरपश्चिम प्रदेशका प्रमुख स्वास्थ्य संस्थामध्ये रहेका सेती, महाकाली र टीकापुर अस्पताललाई पनि एक सय शय्यामा स्तरोन्नति गर्ने नीति लिएको छ।

-जनहितमा जारी सन्देश-spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img