spot_img

सुर्नयाका कार्यपालिका सदस्य ढोलीको निधन, आज शोक बिदा

- Advertisement -

वाशुलिङ् समाचारदाता बैतडी , कार्तिक १७ गते ।

बैतडीको सुर्नया गाउँपालिकाका कार्यपालिका सदस्य दासी ढोलीको निधन भएको छ । ६५ वर्षीय ढोलीको उपचारका क्रममा निधन भएको हो ।

सुर्नया गाउँपालिका–१ हटैराज निवासी ढोली लामो समयदेखि मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँले नियमित डायलाइसिस गराउँदै आउनुभएको थियो । उपचारकै क्रममा उहाँको निधन भएको सुर्नया गाउँपालिका–१ का वडाध्यक्ष धनबहादुर चन्दले जानकारी दिनुभयो ।

ढोली २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँ कार्यपालिका सदस्यमा निर्वाचित हुनुभएको थियो । दलित अधिकारका क्षेत्रमा लामो समयदेखि क्रियाशील उहाँ सामाजिक अभियन्ताका रूपमा समेत परिचित हुनुहुन्थ्यो ।

दलित समुदायको हकहित, सामाजिक सुधार र अधिकारका पक्षमा उहाँले सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको थियो ।उहाँको निधनले स्थानीय तहले एक जनप्रतिनिधि र समाजले दलित अधिकारका क्षेत्रमा क्रियाशील अभियन्ता गुमाएको स्थानीयले बताएका छन् । उहाँका श्रीमती र एक छोरा हुनुहुन्छ ।

यसैबीच, कार्यपालिका सदस्य ढोलीको निधनको शोकमा सुर्नया गाउँपालिकाले आज (मङ्गलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरका अनुसार गाउँपालिका मातहतका सबै सरकारी कार्यालय, शिक्षण संस्था तथा स्वास्थ्य संस्थामा शोक बिदा दिइनेछ ।

अध्यक्ष कुँवरले ढोलीको निधनले गाउँपालिकालाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

लेखकबाट थप

बैतडी अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न माग,विशेषज्ञ स्वास्थ्य सेवा नहुँदा उपचारका लागि जिल्ला बाहिर...

0
बैतडी अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न माग,विशेषज्ञ स्वास्थ्य सेवा नहुँदा उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता

बैतडीको मेलौलीमा अन्तरवडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु

0
बैतडीको मेलौलीमा जिल्ला खेलकुद समितिको आयोजनामा शुक्रबारदेखि जिल्लास्तरीय अन्तरवडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।

बैतडीमा मतदाताको सङ्ख्या एक लाख ५४ हजार ९४४ कायम

0
आगामी निर्वाचनका लागि बैतडीमा एक लाख ५४ हजार ९४४ मतदाता कायम भएका छन् ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img