spot_img

बैतडीमा मतदाताको सङ्ख्या एक लाख ५४ हजार ९४४ कायम

- Advertisement -

वासुलिङ् समाचारदाता ,बैतडी कार्तिक १७ गते ।

आगामी निर्वाचनका लागि बैतडीमा एक लाख ५४ हजार ९४४ मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय बैतडीले मतदाता नामावली अद्यावधिक गरी सार्वजनिक गरेको अन्तिम विवरणअनुसार जिल्लामा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या केही कम रहेको छ ।

कार्यालयका सूचना अधिकारी नरेश दयालद्वारा जारी विवरणअनुसार जिल्लामा ७८ हजार १८६ पुरुष, ७६ हजार ७५२ महिला र तीन जना अन्य मतदाता रहेका छन् । २०८३ साल भदौ १५ गतेसम्म १८ वर्ष उमेर पूरा भएका नागरिकलाई समेटेर मतदाता नामावली अद्यावधिक गरिएको हो ।

निर्वाचन क्षेत्रगत विवरणअनुसार क्षेत्र नम्बर १ मा ७६ हजार ६४ मतदाता रहेका छन् । तीमध्ये ३८ हजार ६०८ पुरुष, ३७ हजार ४५५ महिला र एक जना अन्य मतदाता छन् । यस्तै, क्षेत्र नम्बर २ मा ७८ हजार ८८० मतदाता कायम भएका छन् । यस क्षेत्रमा ३९ हजार ५८१ पुरुष, ३९ हजार २९७ महिला र दुई जना अन्य मतदाता रहेका छन् ।

जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा बढी मतदाता दशरथचन्द नगरपालिकामा रहेका छन् । दशरथचन्दमा २३ हजार २६३ मतदाता रहेका छन् भने पुर्चौडी नगरपालिकामा २१ हजार ५६८ र पाटन नगरपालिकामा २० हजार ७५२ मतदाता रहेका छन् ।

यसैगरी दोगडाकेदार गाउँपालिकामा १५ हजार १९०, मेलौली नगरपालिकामा १४ हजार १०, डिलासैनी गाउँपालिकामा १३ हजार ९२७, सिगास गाउँपालिकामा १२ हजार ८९०, सुर्नया गाउँपालिकामा ११ हजार ७६६ र पञ्चेश्वर गाउँपालिकामा ११ हजार ३५७ मतदाता रहेका छन् । सबैभन्दा कम शिवनाथ गाउँपालिकामा १० हजार २२१ मतदाता रहेका छन् ।

निर्वाचन आयोगको निर्देशिकाबमोजिम मतदाता नामावली अद्यावधिकको प्रक्रिया सम्पन्न गरी अन्तिम विवरण सार्वजनिक गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

लेखकबाट थप

बैतडी अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न माग,विशेषज्ञ स्वास्थ्य सेवा नहुँदा उपचारका लागि जिल्ला बाहिर...

0
बैतडी अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न माग,विशेषज्ञ स्वास्थ्य सेवा नहुँदा उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता

सुर्नयाका कार्यपालिका सदस्य ढोलीको निधन, आज शोक बिदा

0
बैतडीको सुर्नया गाउँपालिकाका कार्यपालिका सदस्य दासी ढोलीको निधन भएको छ ।

बैतडीको मेलौलीमा अन्तरवडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु

0
बैतडीको मेलौलीमा जिल्ला खेलकुद समितिको आयोजनामा शुक्रबारदेखि जिल्लास्तरीय अन्तरवडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img