back to top
Home मुख्य समाचार सुन्दर धाना स्मृति कोष’ बाट असहाय विद्यार्थीलाई छात्रवृत्ति प्रदान

सुन्दर धाना स्मृति कोष’ बाट असहाय विद्यार्थीलाई छात्रवृत्ति प्रदान

0
88

बैतडी, जेठ ४ गते । माध्यमिक विद्यालय गुजरको ७२औँ वार्षिकोत्सव समारोहका अवसरमा “सुन्दर धाना स्मृति छात्रवृत्ति अक्षय कोष” मार्फत तीन जना अनाथ, असहाय तथा प्रतिभाशाली विद्यार्थीलाई छात्रवृत्ति तथा सम्मान प्रदान गरिएको छ।

पूजनीय बुवा–आमाको स्मृतिमा स्थापना गरिएको उक्त अक्षय कोषबाट विद्यार्थीहरुलाई सम्मान गरिएको कार्यक्रममा शिक्षा, मानवता र सामाजिक सेवाको सन्देश प्रवाह गर्ने उदेश्यले छात्रवृत्ति तथा सम्मान प्रदान गरिएको समाजसेवी तर्कराज भट्टले बताउनुभयो ।

कार्यक्रममा बोल्दै वक्ताहरूले यस्ता सामाजिक तथा शैक्षिक अभियानले विपन्न र प्रतिभाशाली बालबालिकाको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने बताएका थिए।

साथै मानवता, शिक्षा र करुणाको अनुपम संगम बनेको यस कार्यले समाजमा सकारात्मक प्रेरणा फैलाउने विश्वास व्यक्त गरिएको थियो ।कार्यक्रममा विद्यालय परिवारको प्रगति र समृद्धिको कामना गर्दै छात्रवृत्ति अभियानमा सहयोग पुर्‍याउने महानुभावप्रति कृतज्ञता व्यक्त गरिएको थियो ।

बैतडीको पाटन नगरपालिका -३ गुजर घरभएका भट्टले विगतका वर्षहरुदेखिनै आफ्ना स्वर्गीय बुवा, आमाको नामबाट स्थापना गरिएको अक्षयकोष बाट अनाथ, टुहुरा तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here