spot_img

‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ’ अभियान, धनगढीका मेयर हमाल पत्ताल भुमेश्वर धाममा

- Advertisement -

वासुलिङ बैतडी, साउन १२ गते । धार्मिक तथा पर्यटन सम्भावना बोकेका सुदूरपश्चिमका सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यसहित सञ्चालन गरिएको ‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ’ अभियानअन्तर्गत धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमालको नेतृत्वमा रहेको टोलीले मंगलबार बैतडीको सुर्नया गाउँपालिका–२ स्थित पत्ताल भुमेश्वर धामको दर्शन गरेको छ।

धार्मिक पर्यटनको प्रवर्द्धन र स्थानीय सम्पदाको प्रचार–प्रसार गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको जनाइएको छ। टोलीले पत्ताल भुमेश्वर धामसँगै जिल्लाका ऐतिहासिक तथा धार्मिक महत्वका निङ्लाशैनी भगवती, जगन्नाथ मन्दिर, त्रिपुरासुन्दरी भगवती, देवलहाट धाम, पाटनस्थित उदयदेव मन्दिर र मेलौली भगवती मन्दिरलगायतका धार्मिक स्थलको भ्रमण गर्ने कार्यक्रम रहेको जनाएको छ।

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमालले सुदूरपश्चिम प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले सम्पन्न भए पनि ती सम्पदालाई प्रभावकारी रूपमा प्रचार गर्न नसकिएको बताउनुभयो। उहाँले स्थानीय तह, निजी क्षेत्र र समुदायबीचको सहकार्यबाट धार्मिक पर्यटनलाई आर्थिक समृद्धिको आधार बनाउन सकिने धारणा व्यक्त गर्नुभयो।

एसियाकै लामो गुफामध्ये एक रहेको दाबी गरिने पत्ताल भुमेश्वर क्षेत्रमा कैलालीबाट जनप्रतिनिधि, होटल व्यवसायी तथा पर्यटनसँग सम्बन्धित व्यक्तिहरूको टोली पुग्नुले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश जाने सुर्नया गाउँपालिका–२ का वडाध्यक्ष गणेशबहादुर बिष्टले बताउनुभयो। उहाँले यस्ता भ्रमणले ओझेलमा परेका धार्मिक गन्तव्यको प्रचारमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

स्थानीय मोहनबहादुर बिष्टका अनुसार पत्ताल भुमेश्वर धाम धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित छ। तपस्यारत देवीले दर्शन दिएको विश्वाससँग जोडिएको यस धामले धार्मिक पर्यटकको आकर्षण बढाउँदै आएको उहाँको भनाइ छ।

स्थानीय चन्दसिंह ऐरले दुर्गम बैतडीका धार्मिक स्थलमा देशका विभिन्न स्थानबाट जनप्रतिनिधि र पर्यटन व्यवसायी पुग्नुले सकारात्मक सन्देश प्रवाह भएको बताउनुभयो। उहाँले यस्ता अभियानले स्थानीय पर्यटन, होटल व्यवसाय र रोजगारीका अवसर विस्तारमा समेत योगदान पुग्ने अपेक्षा व्यक्त गर्नुभयो।

अभियानका सहभागीहरूले ‘आफ्नो ठाउँ आफैँ चिनाऔँ’ भन्ने भावनासहित सुदूरपश्चिमका अधिकांश धार्मिक तथा पर्यटकीय गन्तव्यको भ्रमण जारी रहने बताएका छन्। पर्यटन विज्ञहरूका अनुसार यस्ता प्रवर्द्धनात्मक अभियानलाई सडक, आवास, सूचना प्रणाली र डिजिटल प्रचारसँग जोड्न सके सुदूरपश्चिमका धार्मिक गन्तव्य आन्तरिक मात्र नभई बाह्य पर्यटकका लागि पनि आकर्षक गन्तव्यका रूपमा स्थापित हुन सक्ने सम्भावना रहेको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

केशव राज भट्ट
केशव राज भट्टhttps://www.bashulingmedia.com/
उहाँ यस बाशुलिङ्ग मिडिया प्रा.लि का सञ्चालक हुनु का साथै गाेरखापत्रका जिल्ला समाचारदाता पनि हुनुहुन्छ ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img