spot_img

विद्यालयमै पुगेर विद्यार्थीलाई लागू पदार्थविरुद्ध सचेत गराँदै सुरक्षा निकाय

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
- Advertisement -

बैतडी, जेठ २ गते । पछिल्लो समय किशोर–किशोरीहरू लागू पदार्थको जोखिममा पर्न थालेपछि बैतडीमा विद्यालयस्तरमै सचेतना अभियान सञ्चालन गरिएको छ । जिल्लाको डिलेश्वरी माध्यमिक विद्यालय पुर्चौडीहाटमा कक्षा ९ देखि ११ सम्म अध्ययनरत १५० भन्दा बढी विद्यार्थीलाई लागू पदार्थ दुव्र्यसनविरुद्ध सचेतना कक्षा सञ्चालन गरिएको हो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बैतडीका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी नायव उपरीक्षक तथा नेपाल प्रहरीका प्रहरी निरीक्षकले विद्यार्थीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै लागू पदार्थको प्रयोगले व्यक्ति, परिवार र समाजमा पार्ने असरबारे जानकारी गराउनुभएको थियो ।

सहभागी विद्यार्थीलाई लागू पदार्थको प्रयोगले स्वास्थ्यमा पर्ने नकारात्मक प्रभाव, अध्ययनमा आउने अवरोध, सामाजिक व्यवहारमा देखिने परिवर्तन तथा कानुनी दण्डसम्बन्धी विषयमा जानकारी दिइएको थियो । सुरक्षा निकायका अधिकारीहरूले किशोर अवस्थामै गलत संगत र कुलततर्फ आकर्षित हुने जोखिम बढी हुने भएकाले सचेत रहन आग्रह गर्नुभएको थियो । विद्यालय परिसरमै सञ्चालन गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरूले जिज्ञासा राख्दै लागू पदार्थ दुव्र्यसनबाट बच्ने उपायबारे जानकारी लिनिभएको थियो ।

पछिल्ला वर्षहरूमा विद्यालय तहसम्मै कुलतको प्रभाव देखिन थालेपछि यस्ता सचेतनामूलक कार्यक्रम प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।

-जनहितमा जारी सन्देश-spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img