spot_img

बैतडी कांग्रेसको अधिवेशन तयारी तीव्र, असोज ३ गते वडा अधिवेशन गर्ने

- Advertisement -


बैतडी, भदौ २८ गते । नेपाली कांग्रेस बैतडीले पार्टीको जिल्ला अधिवेशनका लागि वडा तथा पालिका तहका अधिवेशनको तयारी अघि बढाएको छ । कांग्रेस केन्द्रीय कार्यालयको निर्देशनअनुसार जिल्लाका ८४ वटै वडा र १० वटा पालिकामा अधिवेशन गर्ने तयारी गरिएको हो ।

कांग्रेस जिल्ला कार्यसमितिले जारी गरेको सूचनाअनुसार असोज ३ गते ८४ वटै वडा कार्यालयमा वडा अधिवेशन हुनेछ । अधिवेशनबाट वडा कार्यसमिति गठन गर्नुका साथै क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधि चयन गरिनेछ ।


त्यसैगरी असोज ७ गतेभित्र गाउँ तथा नगरपालिकास्तरीय अधिवेशन सम्पन्न गरिने जनाइएको छ । सम्बन्धित पालिका केन्द्रमा हुने अधिवेशनबाट पालिका कार्यसमिति गठन गरिनेछ ।

असोज ७ गतेभन्दा अगावै पालिका अधिवेशन सम्पन्न गर्ने पालिकाले अनिवार्य रूपमा जिल्ला कार्यसमितिलाई जानकारी गराउनुपर्ने सूचनामा उल्लेख छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img