बैतडी, भदौ २८ गते । नेपाली कांग्रेस पञ्चेश्वर गाउँपालिकाका वडा सभापतिहरूले वडा अधिवेशन पूर्वनिर्धारित कार्यतालिकाअनुसार असोज ३ गते नै गर्ने स्पष्ट पारेका छन्।
पञ्चेश्वर गाउँ कार्यसमिति सभापति रामबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकमा सहभागी वडा सभापतिहरूले जिल्ला कार्यसमितिले निर्धारण गरेको कार्यतालिकाअनुसार अधिवेशन गर्न आफूहरू एकमत रहेको जनाएका हुन्।
वडा अधिवेशनको मिति परिवर्तन भएको भन्ने भ्रम सिर्जना भएको भन्दै उनीहरूले कुनै किसिमको मिति परिवर्तन नभएको स्पष्ट पारेका छन्। संयुक्त विज्ञप्ति जारी गर्दै वडा सभापतिहरूले तोकिएकै मितिमा अधिवेशन सम्पन्न गर्न प्रतिबद्ध रहेको जनाएका छन् ।






