spot_img

देवानगन्ज घटनाको सत्यतथ्य छानबिनको माग गर्दै बैतडीमा बुझाइयाे ज्ञापनपत्र

- Advertisement -

बैतडी, साउन १५ गते – सुनसरी जिल्लाको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न माग गर्दै बैतडीका प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाइएको छ।

जगन्नाथ बहुमुखी क्याम्पस, गोठलापानी बैतडीको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले शुक्रबार प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउँदै घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गर्न, संलग्न जो–कोहीलाई कानुनअनुसार कारबाही गर्न तथा पीडित परिवारलाई उचित राहत, क्षतिपूर्ति र सम्मानजनक सहयोग उपलब्ध गराउन माग गरेको हो। घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरिएको छ।

ज्ञापनपत्रमा नेपालको संविधानले प्रत्याभूत गरेको धार्मिक स्वतन्त्रता तथा शान्तिपूर्ण रूपमा धार्मिक गतिविधि सञ्चालन गर्ने नागरिकको अधिकारको संरक्षण गर्नुपर्ने उल्लेख गरिएको छ। धार्मिक, जातीय तथा सांस्कृतिक सद्भाव भड्काउने, हिंसा फैलाउने र सामाजिक सञ्जाल वा अन्य माध्यमबाट घृणा फैलाउने व्यक्तिमाथि कानुनबमोजिम कडा कारबाही गर्नुपर्ने माग पनि गरिएको छ।

यस्तै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन धार्मिक तथा सांस्कृतिक कार्यक्रमका बेला प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन, पूर्वतयारी र भिड व्यवस्थापनलाई व्यवस्थित बनाउन तथा नेपाल–भारत खुला सीमा क्षेत्रमा सुरक्षा निगरानी थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ। सीमावर्ती क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रणका लागि आधुनिक सुरक्षा प्रविधिको प्रयोग र सम्बन्धित सुरक्षा निकायबीच आवश्यक समन्वय गर्नुपर्नेमा पनि जोड दिइएको छ।

स्ववियुले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, अन्तरधार्मिक संवाद र राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्ने जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गर्दै हिंसा, असहिष्णुता र धार्मिक द्वेषले नेपाली समाजको सामाजिक सद्भाव कमजोर बनाउने भएकाले सबै पक्ष संयमित र जिम्मेवार बन्नुपर्ने उल्लेख गरेको छ।

स्ववियु अध्यक्ष रोशन भट्टद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा शान्ति, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, मानवअधिकार तथा विधिको शासनप्रति संगठन प्रतिबद्ध रहेको जनाउँदै नागरिकको संवैधानिक अधिकारको रक्षा गर्न सरकारलाई प्रभावकारी कदम चाल्न आग्रह गरिएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img