नेपाली कांग्रेस बैतडीले आसन्न १४औँ महाधिवेशनलाई लक्षित गर्दै जिल्लाका ६ वटा गाउँपालिका र ४ वटा नगरपालिकामा पालिका कार्यसमिति बैठकको कार्यक्रम गरेको छ।
स्याउला काट्न जंगल गएकी एक वृद्धाको भिरबाट लडेर ज्यान गएको छ।
शिवनाथ गाउँपालिकाले केन्द्रबाट जारी निर्देशनअनुसार स्थाई र अस्थाई / करार शिक्षक तथा प्राबिधिक तर्फका सहायक शिक्षकलाई उपलब्ध गराउनुपर्ने स्थानीय भत्ता निकासा गर्न आवश्यक थप बजेट उपलब्ध गराइदिन शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग औपचारिक अनुरोध गरेको छ।
जिल्लाको सिगास गाउँपालिका–२ धौलाडीको जीमराडीमा पासोमा फसेको चितुवाको सकुशल उद्धार गरिएको छ। आइतबार राति स्थानीयले थापेको पासोमा फसेको चितुवालाई मंगलबार बिहान करिब ११ बजे उद्धार गरिएको हो।
बैतडी जिल्लाको सिगास गाउँपालिका–२ धौलाडी, भिमराडी क्षेत्रमा जंगली जनावरका लागि थापिएको पासोमा चितुवा फसेको अवस्थामा फेला परेको छ ।
सवारी दुर्घटना श्रीमान गुमाएपछि घरबारसमेत विहीन बनेकी बैतडीको सुर्नया गाउँपालिका–४ की जानकी महरालाई प्रशासन, स्थानीय सरकार र समाजसेवी संस्थाको संयुक्त पहलमा राहत सहयोग प्रदान गरिएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष जय शाहले नेपाल प्रिमियर लिग (एनपिएल) सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाल क्रिकेट संघ (क्यान) लाई बधाई दिएका छन्।
बैतडीको पाटन नगरपालिका वडा नं. ९ ले चालू आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक बजेट अन्तर्गत वडाभित्र स्थायी रूपमा बसोबास गर्ने १ सय९४ जना जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरेको छ।
बैठक सकिएपछि भृकुटीमण्डपमै ११औँ महाधिवेशनअन्तर्गत बन्द सत्र सुरु हुँदैछ।
नेपाली कम्युनिष्ट पार्टीले आगामी पौष ३ गते बैतडीमा सन्देश सभाको आयोजना गर्ने भएको छ ।



















