spot_img

बैतडीमा पासोमा फसेको चितुवाको सकुशल उद्धार

- Advertisement -

आइतबार राति पासोमा फसेको चितुवाको मंगलबार डार्टिङ गरेर उद्धार, उपचारपछि जंगलमै छोड्ने तयारी।

बैतडी, पुस १ गते । जिल्लाको सिगास गाउँपालिका–२ धौलाडीको जीमराडीमा पासोमा फसेको चितुवाको सकुशल उद्धार गरिएको छ। आइतबार राति स्थानीयले थापेको पासोमा फसेको चितुवालाई मंगलबार बिहान करिब ११ बजे उद्धार गरिएको हो।

चितुवाको दाहिने खुट्टा पासोमा फसेको थियो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले चितुवालाई डार्टिङ (बेहोस) गरेर सुरक्षित रूपमा उद्धार गरेको डिभिजन वन कार्यालय बैतडीका सूचना अधिकारी नरेश कर्णले जानकारी दिनुभयो ।

उद्धारपछि पशु चिकित्सकसहितको टोलीले घाइते चितुवाको उपचार गर्ने र उपचार पश्चात सिगास संरक्षित वन क्षेत्रमै छोड्ने तयारी गरिएको कर्णले जानकारी दिनुभयो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोली आउनुपर्ने भएकाले उद्धारमा केही ढिलाइ भएको बताइएको छ। सामुदायिक वन क्षेत्रभित्र थापिएको पासोमा चितुवा फसेपछि डिभिजन वन कार्यालयले सम्बन्धित सामुदायिक वनलाई पत्राचार गर्दै पासो कसले र के प्रयोजनका लागि थापेको हो भन्ने विषयमा जानकारी मागेको जनाएको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img