बैतडी । नेपाली कम्युनिष्ट पार्टीले आगामी पौष ३ गते बैतडीमा सन्देश सभाको आयोजना गर्ने भएको छ ।
यसअघि पौष ५ गते सभा गर्ने मिति ताेकिएपनि साे दिन केन्द्रीय कार्यक्रम हुनेभएपछी पौष ३ गते सारिएको नेपाली कम्युनिस्ट पार्टीका प्रभावशाली नेता शंकर भण्डारीले जानकारी दिनुभयो ।
विभिन्न कम्युनिष्ट पार्टीहरुबीच एकता भएपछि त्यसको बिषयमा जनतालाई जानकारी गराउन सन्देश सभाको आयोजना गर्न लागिएको वहाँले बताउनभयो।
सन्देश सभामा नेकपाका नेता भीम रावल, भानुभक्त जोशी, खगराज भट्ट लगायतको सहभागिता रहने बताएको छ ।
पार्टीहरुबीच एकता भएर नयाँ पार्टी निर्माण भएकाले एकताको सन्देश दिने र नेकपाको उद्देश्यका बारेमा आम नागरिकलाई जानकारी दिन सन्देश सभाको आयोजना गर्न लागिएको नेपाली कम्युनिष्ट पार्टीले जनाएको छ।










