spot_img

नगरबसबाट २८ बण्डल अवैध बिडी बरामद

- Advertisement -

बैतडी, साउन १७ गते । बैतडीको दशरथचन्द नगरपालिकाले सञ्चालन गर्दै आएको नगरबसबाट २८ बण्डल अवैध बिडी बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सतबाँझ–झुलाघाट रुटमा दैनिक सञ्चालन हुने नगरबसलाई गोठलापानीमा चेकजाँच गर्ने क्रममा बेवारिसे अवस्थामा रहेको २८ बण्डल बिडी फेला परेको हो।

प्रहरीले अवैध सामान ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा नगरबसमा खानतलासी गर्दा उक्त बिडी बरामद गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा बिडी भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएको हुन सक्ने प्रहरीको अनुमान छ।

बरामद गरिएको बिडीलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया पूरा गरी महाकाली भन्सार कार्यालयमा बुझाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले बेवारिसे अवस्थामा बिडी फेला परेकाले बरामद सामग्री नियन्त्रणमा लिए पनि नगरबसलाई भने छाडिएको जनाएको छ। साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

लेखकबाट थप

दसैँ मनाउन गाउँ गएका भट्टको घरबाट ६ तोला सुनसहित नगद रकम चोरी

0
दसैँ मनाउन परिवारसहित बैतडी आएका हरिमोहन भट्टको कैलालीस्थित घरबाट ६ तोला सुनसहित नगद रकम चोरी भएको छ ।

बैतडीको मेलौलीमा अन्तरवडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु

0
बैतडीको मेलौलीमा जिल्ला खेलकुद समितिको आयोजनामा शुक्रबारदेखि जिल्लास्तरीय अन्तरवडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img