spot_img

बैतडीका १० वटै पालिकामा कांग्रेसको बैठक बस्दै, महाधिवेशनका विषयमा छलफल गरिने

- Advertisement -

केशब राज भट्ट । बैतडी

नेपाली कांग्रेस बैतडीले आसन्न १४औँ महाधिवेशनलाई लक्षित गर्दै जिल्लाका ६ वटा गाउँपालिका र ४ वटा नगरपालिकामा पालिका कार्यसमिति बैठकको कार्यक्रम गरेको छ।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको निर्देशनअनुसार जिल्ला कार्यसमितिले पालिका तहमा संगठन सुदृढीकरण, नयाँ क्रियाशील सदस्यता, महाधिवेशन प्रतिनिधि चयनलगायत विषयमा छलफल गर्न बैठक आयोजना गर्न लागेको हो।

बैठकमार्फत पालिकास्तरमा अधिवेशन समयमै सम्पन्न गर्न आवश्यक तयारी, संगठनभित्र देखिएका समस्या, समाधानका उपाय तथा आगामी कार्यदिशाबारे छलफल गरिने नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीले जनाएको छ।

कार्यक्रमअनुसार पाटन नगरपालिकाबाट सुरु हुने बैठक क्रमशः मेलौली, पञ्चेश्वर, शिवनाथ, सिगास, पुर्चौडी, सुर्नया, दोगडाकेदार, डिलासैनी हुँदै दशरथचन्द नगरपालिकामा सम्पन्न हुनेछन्।
बैठकहरू बिहान र दिउँसो फरक–फरक समयमा सञ्चालन गरिने जनाइएको छ।

बैठकमा पालिका कार्यसमितिका पदाधिकारी तथा सदस्य, वडा सभापति र सचिव, क्षेत्रीय तथा प्रदेश कार्यसमितिका पदाधिकारी, जिल्ला कार्यसमितिका सदस्य, महाधिवेशन प्रतिनिधि तथा सम्बन्धित पालिकाका जनप्रतिनिधिको अनिवार्य सहभागिता रहने बताएको छ।

जिल्ला सचिवद्वय देव राज जोशी र प्रेम बहादुर चन्दद्वारा हस्ताक्षरित सूचनामार्फत तोकिएको मिति र समयमा अनिवार्य रूपमा उपस्थित हुन सम्बन्धित सबैलाई आग्रह गरिएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img