spot_img

एमाले गर्यो विधान संशोधन : पदाधिकारी संख्या १९ पुर्‍याइयो

- Advertisement -

मङ्सिर २८गते । एमालेको विधान अझ संशोधन भएको छ। ११औँ महाधिवेशनको बन्दसत्र अघि भृकुटीमण्डपमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विधानमा संशोधनको प्रस्ताव गरेका हुन्।

अध्यक्ष ओलीको प्रस्तावमा बैठकले पदाधिकारी संख्या बढाएर फेरि १९ पुर्‍याउने निर्णय गरेको छ।

यसअघि भदौमा भएको विधान महाधिवेशनले पदाधिकारी संख्या १९बाट घटाएर १५ मा सीमित गर्ने निर्णय गरेको थियो भने वरिष्ठ उपाध्यक्ष पद नै हटाइएको थियो। विधान महाधिवेशनलगत्तै वरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरेलले ११औँ महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका थिए।

पोखरेलले विद्रोह गर्ने निश्चित भएपछि ओलीले आफ्नै समूहमा नेताहरूलाई व्यवस्थापन गर्ने गरी जेन-जी आन्दोलनलाई कारण देखाउँदै फेरि विधानमा संशोधन गरेका हुन्। अब वरिष्ठ उपाध्यक्ष पद फेरि थप भएको छ भने उपाध्यक्ष ६ जना, महासचिव एक जना, उपमहासचिव ३ जना र सचिव ७ जना रहने छन्।

स्थायी कमिटी सदस्य शेरबहादुर तामाङका अनुसार बैठकले विधानमा संशोधनमा आवश्यक हेरफेर गरी पदाधिकारी संख्या १९ पुर्‍याउने र स्थायी कमिटी ४५ सदस्यीय र पोलिटव्युरो ९९ सदस्यीयसहित केन्द्रीय कमिटी ३०१ सदस्यीय रहने गरी नयाँ संरचना तय गरेको छ।

बैठक सकिएपछि भृकुटीमण्डपमै ११औँ महाधिवेशनअन्तर्गत बन्द सत्र सुरु हुँदैछ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img