back to top
Home मुख्य समाचार पाटन–९ मा  जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण

पाटन–९ मा  जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण

0
149

केशव भट्ट, बैतडी ।  बैतडीको पाटन नगरपालिका वडा नं. ९ ले चालू आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक बजेट अन्तर्गत वडाभित्र स्थायी रूपमा बसोबास गर्ने १९४ जना जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरेको छ।

वडा कार्यालय टकरेमा आयोजना गरिएको कार्यक्रममा ६० वर्षभन्दा माथिका  एक सय ३७ जना जेष्ठ नागरिक र ५७ जना एकल महिलाई    कम्बल वितरण गरिएको हो। जाडो मौसममा जेष्ठ    नागरिक र एकल महिलालाई राहत प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ।

कम्बल वितरण कार्यक्रमका लागि वडाले ३ लाख ५० हजार बजेट विनियोजन गरेको थियो भने सम्बन्धित लाभग्राहीहरूले नागरिकता प्रमाणका आधारमा कम्बल प्राप्त गरेका थिए।

वडा कार्यालयका अनुसार नामावलीमा नाम छुटेका तर ६० वर्ष पूरा भइसकेका जेष्ठ नागरिकहरूलाई समेत पहिचान गरी समेट्ने प्रयास गरिएको थियो। स्थानीयवासीहरूले जाडोयाममा गरिएको यो सहयोग कार्यक्रमलाई सकारात्मक रूपमा लिएका छन्।

वडा अध्यक्ष कालू सिंह भाटको अध्यक्ष्यतामा आयोजना भएको कार्यक्रममा पाटन नगरपालिका का नगर प्रमुख गौरी सिंह रावल  प्रमुख अथिती रहेका थिए भने  जिल्ला समन्वय समिति सदस्य प्रेम मायालु भाट लगायत सर्वकार वालाहरुको उपस्थित रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here