spot_img

आज सुदूरपश्चिमसहित तीन प्रदेशमा वर्षा र हिमपाको सम्भावना

- Advertisement -

माघ १८ गते । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार बिहान सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको हो। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ । बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको हो ।

त्यस्तै, आइतबार दिउँसो भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने भएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू‍-भागमा साधारणतया बादल लाग्ने भएको हो । कोशी प्रदेश र बाँकी हिमाली भू-भागमा आंशिक बादल लाग्ने भएको छ। बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍-भागका केही स्थानमा हल्का हिमपात-वर्षाको सम्भावना रहेको महाशखाले जनाएको हो ।

त्यस्तै, आइतबार राति भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु लाग्ने भएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू‍-भागमा साधारणतया बादल लाग्ने भएको हो । साथै बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍-भागका केही स्थानमा हल्का हिमपात-वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

लेखकबाट थप

बैतडीको मेलौलीमा अन्तरवडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु

0
बैतडीको मेलौलीमा जिल्ला खेलकुद समितिको आयोजनामा शुक्रबारदेखि जिल्लास्तरीय अन्तरवडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।

सुर्नयाका कार्यपालिका सदस्य ढोलीको निधन, आज शोक बिदा

0
बैतडीको सुर्नया गाउँपालिकाका कार्यपालिका सदस्य दासी ढोलीको निधन भएको छ ।

बैतडीमा मतदाताको सङ्ख्या एक लाख ५४ हजार ९४४ कायम

0
आगामी निर्वाचनका लागि बैतडीमा एक लाख ५४ हजार ९४४ मतदाता कायम भएका छन् ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img