back to top
Home घटना सुर्नयामा भीरबाट खसेर ३१ वर्षीया महिलाको मृत्यु

सुर्नयामा भीरबाट खसेर ३१ वर्षीया महिलाको मृत्यु

0
95

केशव भट्ट, मङ्सिर १८ गते ।
बैतडीको सुर्नया गाउँपालिका–८ सेलामा बुधबार भीरबाट खस्दा एक महिलाको मृत्यु भएको छ।

स्थानीय ३१ वर्षीय पार्वती साउँद घरनजिकै बाख्रा चराउन गएकी बेला अचानक चिप्लिएर भीरबाट लड्दा घटनास्थलमै ज्यान गएको स्थानीयले बताएका छन्। पार्वतीका दाजु हरिसिंह महराका अनुसार दिउँसो करिब ३ बजेतिर उनी खोँचतिर झर्दै जाँदा दुर्घटना भएको देखिन्छ।

घरमा दुई नाबालक छोरा मात्रै रहेका पार्वतीका श्रीमान रोजगारीको सिलसिलामा दुबईमा छन्। बहिनीको निधनको सूचना पाएपछि उनी हतार–हतार नेपाल फर्किन लागेको पारिवारिक स्रोतले जनाएको छ।अचानक भएको मृत्युले सेला गाउँ पूरै शोकमा डुबेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here