बैतडी । बैतडीको सुर्नया गाउँपालिका–५ हरिचन स्थायी घर भई हाल गोदावरी नगरपालिका–३ चौकीडाँडामा बसोबास गर्दै आएका हरि सिंह मडैको परिवारमा दुखद घटना घटेको छ।
खाना पकाउने क्रममा ग्यास सिलिन्डर लिक भई अचानक आगलागी हुँदा हरि सिंह मडैकी श्रीमती पार्वती महरा, छोरा उमंग मदै र उत्सव मदै गम्भीर रूपमा घाइते भएका छन्। उनीहरू हाल काठमाण्डौस्थित कान्तिपुर बर्न अस्पतालको आईसीयू वार्डमा उपचाररत छन्।
परिवारका सबै सदस्यको शरीरको ठूलो भाग जलेको र अवस्था गम्भीर रहेकाले निरन्तर उपचार भइरहेको बताइएको छ।
यस विपतको घडीमा मदै परिवारलाई उपचार खर्चका लागि ठूलो आर्थिक सहयोगको आवश्यकता परेको परिवारका नातेदारहरूले बताएका छन्। सोही कारण दातृ मन भएका व्यक्तिहरू, आफन्त, इष्टमित्र तथा समाजसेवीहरूलाई सक्दो सहयोग गर्न आग्रह गरिएको छ।
सहयोगका लागि रकम तलका खातामा जम्मा गर्न सकिने छः
१. पार्वती महरा
खाता नं.: 00300800448332000001
बैंक: महालक्ष्मी विकास बैंक लिमिटेड
२. हरि सिंह मदै
खाता नं.: 170229240100010
बैंक: प्रभु बैंक लिमिटेड
वा सोही प्रयोजनका लागि उपलब्ध QR कोड मार्फत पनि सहयोग गर्न सकिने जनाइएको छ।












