बैतडी– बैतडी जिल्लाको सुर्नया गाउँपालिका–५ नौघरकी एक किशोरी मृत अवस्थामा फेला परेकी छन्। स्थानीय रौलेशवर मावि कक्षा १२ मा अध्ययनरत १७ वर्षीया अप्सरा चन्द सुर्नया नदिमा मृत फेला परेकी सुर्नया गाउँपालिका वडानंवर-५ का अध्यक्ष केशव बहादुर बिष्टले बताउनुभयो ।
असोज १ गते बिहान चन्दको शव नदिमा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा प्रहरी टोली पुगेर प्रारम्भिक अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बल्देब बडुले जानकारी दिनुभयो । किशोरीको शव फेला परेपछि प्रहरीले अनुशन्धान प्रक्रिया अघि बढाइएको छ। घटनाको विस्तृत कारण अहिलेनै खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बडुले जानकारी दिनुभयो ।शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी लैजाने तयारी भइरहेको छ।

कक्षा १२मा अध्यनरत अप्सराको मृत्युपछि सिङ्गो गाउँनै शोकमा डुबेको छ।










