spot_img

गाउँमै कृषि पेशाबाट आत्मनिर्भर बनेको ऐरी परिवारको अभ्यास प्रेरणादायी

- Advertisement -

केशवराज भट्ट,बैतडी, साउन २०गते ।
कृषि पेशालाई आत्मनिर्भरताको आधार बनाउँदै आएका बैतडीको सुर्नया गाउँपालिका–२ निवासी देवसिंह ऐरीको परिवारले गाउँमै व्यावसायिक खेतीमार्फत उल्लेखनीय सफलता हासिल गरेको छ।

साबिकको गुरुखोला गाविस वडा नं. १ स्थित कलौनमा ऐरीले २०५६ सालदेखि स्थानीय जग्गा भाडामा लिएर तरकारी खेती सुरु गरेका थिए। परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्दै उनले टनेल प्रणाली, मल–विउ व्यवस्थापन र बजारमुखी उत्पादनमा जोड दिएका छन्।

उनले हाल झन्डै १० रोपनी क्षेत्रफलमा टमाटर, बन्दा, भेडेखुर्सानीलगायतका बेमौसमी तरकारी उत्पादनमा संलग्न रहेको जनाइएको छ। कृषि पेशामार्फत वार्षिक १० देखि १२ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको ऐरी परिवारले बताएका छन।

उक्त आम्दानीकै आधारमा देवसिंह ऐरीले आफ्ना दुई छोरालाई कृषि विषयमा प्राविधिक शिक्षा दिलाएका छन्। उनका दुबै छोराबुहारी पनि खेतीपातीमा सक्रिय रहेको ऐरीले बताउनुभयो ।

कृषक देवसिंह ऐरीले परिवारका सदस्यहरूलाई आधारभूत कृषि तालिम प्रदान गर्दै परम्परागत ज्ञान पुस्तान्तरणमा जोड दिँदै आएका छन्। बुढ्यौलीको चरणमा प्रवेश गरिसक्दा पनि ऐरी कृषि पेशामा क्रियाशील रहन इच्छुक रहेको बताउनुभयो ।

स्थानीय बासिन्दा चन्द्र सिंह ऐरीकाअनुसार ऐरी परिवारको कृषिमा सक्रियता गाउँका अन्य युवाहरूका लागि पनि प्रेरणाको स्रोत बनेको छ।
वैदेशिक रोजगारी र शहरी जीवनतर्फ आकर्षण बढ्दो अवस्थामा रहेको बेला गाउँमै बसेर व्यावसायिक कृषि अपनाएको उदाहरण अनुकरणीय भएको ऐरीले बताउनुभयो ।

दशरथचन्द नगरपालिका–१ का मानबहादुर टेरले ऐरी परिवारको पहलले कृषि पेशाप्रति समाजमा सकारात्मक सन्देश प्रवाह भएको बताउनभयो।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img