spot_img

आज देशका अधिकांश भागमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना

- Advertisement -

जेठ २१गते । हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छभने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुने छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने छ ।

महाशाखाका अनुसार कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशको उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने छ ।

त्यसैगरी, आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी र मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

लेखकबाट थप

किसानका खेतबारीमै पुगेर प्राविधिक सेवा दिँदै कृषि टोली

0
तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लाका विभिन्न स्थानका किसान व्यावसायिक उत्पादनमा जोडिन थालेका हुन् ।

सुर्नयाका कार्यपालिका सदस्य ढोलीको निधन, आज शोक बिदा

0
बैतडीको सुर्नया गाउँपालिकाका कार्यपालिका सदस्य दासी ढोलीको निधन भएको छ ।

बैतडी अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न माग,विशेषज्ञ स्वास्थ्य सेवा नहुँदा उपचारका लागि जिल्ला बाहिर...

0
बैतडी अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न माग,विशेषज्ञ स्वास्थ्य सेवा नहुँदा उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img