- May 20, 2025
- बाशुलिङ्ग संम्बादाता
- 8:26 pm
काठमाडौं । राष्ट्रिय स्वतन्त्त पार्टी (रास्वपा)ले अनुशासन उल्लंघन गरेको भन्दै एक जना पदाधिकारीलाई ३ दिनका लागि निलम्बन गरेको छ ।

निर्वाचन क्षेत्र समितिका एक पदाधिकारीलाई पार्टी अनुशासन उल्लंघन गरेको कारण निर्वाचन क्षेत्रको पदाधिकारीको पदबाट नीजलाई ३ दिनका लागि निलम्बन गरिएको सो पार्टीले जनाएको छ ।
‘अनुमतिबिना पार्टीका केन्द्रीय पदाधिकारीसँगको भेटमा एक निर्वाचन क्षेत्र उपसंयोजकले मोबाइलबाट गोप्य रुपमा भिडियो रेकर्ड गरेको पाइएकोले निजलाई अनुशासनात्मक कारवाही स्वरूप निलम्बन गरिएको हो’, रास्वपाले जनाएको छ ।

उनलाई जेठ ५ गतेदेखि लागू हुनेगरी निलम्बन गरिएको हो । यद्यपि व्यक्तिगत प्रतिष्ठामा आँचा आउने भन्दै पार्टीले निलम्बनमा परेका नेताको नाम भने खुलाएको छैन ।
ताजा समाचार
शिवनाथ गाउँपालिकाले गर्यो ´घरमा हुने सुत्केरी शून्य’अभियान सञ्चालन
बाशुलिङ्ग संम्बादाताMay 21, 2025
फोहोर व्यवस्थापन नहुँदा मेलौली दुर्गन्धित
बाशुलिङ्ग संम्बादाताMay 20, 2025
यू-१६ क्रिकेट खेल्न सचिनको कप्तानीमा बैतडीको टोली घोषणा
बाशुलिङ्ग संम्बादाताMay 20, 2025
नेपाली कांग्रेस बैतडीको वडास्तरीय प्रशिक्षण कार्यक्रम शुरु
बाशुलिङ्ग संम्बादाताMay 20, 2025
नेपाली कांग्रेस बैतडीको वडास्तरीय प्रशिक्षण कार्यक्रम शुरु
बैतडी:नेपाली कांग्रेस बैतडीको वडास्तरीय प्रशिक्षण कार्यक्रम शुरु भएको छ । दशरथचन्द नगरपालिकाको वडा नं ११ बाट प्रशिक्षण कार्यक्रम शुरु गरिएको नेपाली कांग्रेस बैतडीका उपसभापति बिरबहादुर बिष्टले बताउनुभयो । जिल्लाका १० ओटै स्थानीय तहका ८४ ओटै वडामा …