spot_img

गृहमन्त्री रमेश लेखक द्वारा बैतडीको शान्तिसुरक्षा बारे जानकारी

- Advertisement -

बैतडी: गृहमन्त्री रमेश लेखकले बैतडीको शान्तिसुरक्षाका बारेमा जानकारी लिनुभएकाे छ।
आज बिहान खाेडपे प्रहरी चाैकीकाे निरीक्षण गर्नुहुँदै गृहमन्त्री लेखकले बैतडीको शान्तिसुरक्षाका बारेमा जानकारी लिनुभएकाे हाे ।
गृहमन्त्री लेखकले जिल्लाकाे समग्र शान्ति सुरक्षाका बारेमा जानकारी लिनुका साथै आवश्यक निर्देशन दिनुभएको बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो ।

उहाँले भन्नुभयो,” खाेडपे प्रहरी चाैकीकाे निरीक्षणका क्रममा गृहमन्त्रीज्यूले जिल्लाकाे समग्र शान्तिसुरक्षा र विपद्को विषय जानकारी लिनुभयाे । साथै आवश्यक निर्देशन समेत दिएर जानुभयो।”

शान्तिसुरक्षा, विपद् व्यवस्थापन,लागूऔषध नियन्त्रणलगायतका विषयमा गृहमन्त्री लेखकले निर्देशन दिनुभएको हाे।

गृहमन्त्री लेखक बैतडीपश्चात बझाङका लागि प्रस्थान गर्नुभएको छ।
बझाङमा भूकम्पबाट पीडितका लागि आवास पुनर्निर्माणका लागि अस्थाई कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको गृहमन्त्री लेखकका स्वकिय सचिव जनकराज भट्टले जानकारी दिनुभयो ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img