spot_img

अछाममा गोठालो गएका दुई युवतीको हत्याः सरस्वतीले प्रेम र यौन प्रस्ताव मानिनन्, इशारा यसै मारिइन्

- Advertisement -

काठमाडौं– एक साताअघि अछामको ढाकरी गाउँपालिका–१ का गोठालो जाँदा बेपत्ता भएका र खोजीका क्रममा मृत फेला परेका दुई किशोरीको नृशंस हिसाबले हत्या गरिएको प्रहरीको अनुसन्धानले खुलाएको छ।

अघिल्लो शनिवार मृत फेला परेका अछामको ढकारी गाउँपालिका–१ का १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको ढुङ्गा प्रहारबाट हत्या गरेको प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

छिन्ने जङ्गलमा मृत भेटिएकी ढकारी गाउँपालिका–८ पल्साताकी किशोरीको प्रेम र यौन प्रस्ताव अस्वीकार गर्दा हत्या गरिएको प्रहरीले जनाएको हो। घटनामा संलग्न दुई जनालाई पक्राउ गरि अनुसन्धान थालिएको थियो।

‘किशोरीको हत्याको प्रमुख कारण प्रेम सम्बन्ध र यौन प्रस्ताव हो’, प्रहरीले भन्यो।

उनका अनुसार मृतक इशरा खड्का र पक्राउ परेका मध्येका एक नाबालक किशोरबीच लामो समयदेखि टेलिफोनमा कुुराकानी हुने गरेको खुलेको छ। 

इशरा खड्कासँग प्रेम सम्बन्धमा रहेका युवकबीच प्रेमको चिनो स्वरूप विवाह गर्ने सर्तमा चुन्नी (दोपट्टा) साटिसकेको पनि प्रहरीले पत्तो लगाएको छ। 

यता इशराको फुपू नाता पर्ने सरस्वतीसँग अर्का एक किशोरले संवाद सुरु गर्छन्। यसैक्रममा उनीहरु जस्तै हामी पनि प्रेम गरौँ, विवाह गरौँ भन्दै अर्का युवकले सरस्वतीसँग कुरा गरेको खुलेको छ। सरस्वतीले उनको प्रस्ताव अस्वीकार गरेको प्रहरीले जनाएको छ।

‘पहिले प्रेम र त्यसपछि यौन प्रस्ताव अस्वीकार गरेपछि आवेशका आएका युवकले नजिकै भएको ढुङ्गाले हानेर सरस्वतीले हत्या गरेको फेला परेको छ’, प्रहरी अधिकारी भन्छन्,‘ढुङ्गाले हानेर मारिएको देखिन्छ।’

ढुङ्गा खसेको आवाज आएपछि इशरा र अर्का युवक घटनास्थलमा पुग्दा सरस्वतीको शव क्षतविक्षत अवस्थामा देखेपछि ढुङ्गा खसेर मृत्यु भएको भनिन्छ। 

इशराले भने फुपू सरस्वतीको हत्या गरेको भन्दै गाउँमा खबर गरिदिने भनेपछि इशराको पनि हत्या गर्ने आकस्मिक योजना बनाइएको प्रारम्भिक बयानका क्रममा खुलेको छ।

इशारालाई पहिले पछाडिबाट डुङ्गाले हानेर हत्या गरियो, लडेपछि फेरि अगाडिबाट ढुङ्गाले हानेर मारिएको प्रहरीको दाबी। 

जिल्ला प्रहरी कार्यालय अछाम, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले गरेको अनुसन्धानका क्रममा उनीहरुको हत्या भएको खुलेको हो।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img