काठमाडौं – नेपाली कांग्रेस कञ्चनपुरले भीमदत्त नगर सभापति अच्युतराज कलौनी मृत्युबारे निष्पक्ष छानबिनको माग गरेको छ । कांग्रेसको जिल्ला कार्य समिति कञ्चनपुरले शनिबार साँझ एक विज्ञप्ती जारी गरि पार्टीले एक होनहार र प्रतिभावान नेता गुमाएको भन्दै दुःख व्यक्त गरेको छ ।
‘नेपाली काँग्रेसका नेता, भीमदत्त नगर कार्यसमिति सभापति अच्युत राज कलौनीकोअसामयिक निधनले नेपाली काँग्रेस परिवार अन्यन्तै दुःखित, मर्माहित र स्तब्ध भएको छ । उहाँको असामयिक निधनले नेपाली काँग्रेस पार्टिले एक होनहार प्रतिभावान युवा नेता गुमाएको छ भने परिवार र समाजले एक असल अभिभावक गुमाएको छ’ विज्ञप्तीमा भनिएको छ ।











