बैतडी फागुन १९ गते । बैतडीमा जारी अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधी दनपाले जितेको छ ।
बैतडीको जगन्नाथ बहुउद्देश्यीय खेल मैदान गाेठलापानीमा मैनेजर तेजबहादुर चन्द स्मृति अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिकाले हातपारेको हो ।
सोमबार गोठलापानीस्थित जगन्नाथ बहुउद्देश्यीय खेलमैदानमा सम्पन्न फाइनल खेलमा मेलौली नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै दशरथचन्द नगरपालिकाले उपाधी जितेको हो ।
उपाधी हात पारेको दशरथचन्द नगरपालिकाले १ लाख २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने ट्रष्टका सचिव विनोदबहादुर चन्दले बताउनुभयो ।
उपविजेता बनेको मेलौलीले ७५ हजार नदगसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको चन्दले बताउनुभयो ।
यसैगरी सोमबार नै भएको तृतीय स्थानको खेलमा सुर्नया गाउँपालिकाले सिगास गाउँपालिकालाई ३–० को सोजो सेटमा पराजित गरेको थियो । तृतीय स्थान हासिल गरेको सुर्नयाले ३५ हजार र सान्त्वना स्थान हासिल गरेको सिगासले १५ हजार रुपैयामा चित्त बुझायो ।
मनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा गत बिहीबारदेखि सुरु भएको पालिकास्तरीय भलिबल प्रतियोगितामा बैतडीमा ९ स्थानीय तहले सहभागिता जनाएको ट्रष्टका सचिव चन्दले बताउनुभयो ।
दशरथचन्द नगरपालिका–५ घर भएका तेजबहादुर चन्द वाणिज्य बैंकका क्षेत्रिय प्रबन्धक हुनुहुन्थ्यो ।
उहाँकै स्मृतिमा वि स २०७४ सालमा स्थापना भएको यो ट्रष्टले जिल्लामा विभिन्न सामाजिक कार्यका साथै खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि प्रत्येक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ।










