केशवराज भट्ट
बैतडी फागुन १७ गते । बैतडीका एक वडा अध्यक्षले सबै वडावासी जनताको विद्युत महसुस तिर्दै आउनुभएको छ ।
जिल्लाको पाटन नगरपालिका–९ का वडा अध्यक्ष कालुसिंह भाटले आफ्नो वडामा बसोबास गर्ने तीन सय परिवारको विद्युत महसुल तिर्दै आउनुभएको हो ।
वडाध्यक्ष भाटले विगत वर्षदेखि आफ्नो मासिक पारिश्रमिकबाट वडाबासिको विधुत महसुस तिर्दै आएको बताउनुभयो । आफुले अध्यक्षमा निर्वाचित भए पछि उहाँले वडाबासीको विद्युत महसुल तिरिदिने घोषणा गर्नुभएको थियो ।
२०७९ साउनदेखि हालसम्मको विद्युत महसुल तिरेको रसिद उहाँले घर–घरमै पुर्याउने गरी टोल–टोलमा वितरण गरिरहनु भएको छ । अध्यक्ष भाटले आफ्नो पूरा कार्यकालसम्मनै वडाबासीको विधुत महसुस बझाउने बताउनुभयो ।
सानो रकम भए पनि वडाध्यक्षले आफैले तिरीदिने गरे पछि आफुहरुलाई सहज भएको स्थानीय लक्ष्मी महराले बताउनुभयो । महसुस बुझाउने रकमले छोराछोरीलाई कापीकलम किन्ने गरेको अर्का स्थानीय जगदीशराम बिकले बताउनुभयो ।
वडाध्यक्षको चुनावी एजेन्डा अनुसार उहाँले वडाबासीको विधुत महशुल तिर्ने गरेको स्थानीय धर्मान्नद भट्टले बताउनुभयो ।
अध्यक्षले आफ्नो पारिश्रामिकबाट तीन सय घरधुरीको विधुत महशुल बुझाउदै आउनुभएको र आर्थिक रुपमा बिपन्न नागरिकलाई पनि सहयोग गर्दै आएको अर्का स्थानीय मनोज भट्टले बताउनुभयो ।
वडाध्यक्ष भाटले वडाबासीलाई विभिन्न सहयोग गर्दै आएको बाताएका छन् । साथै उनले सरस्वती आधारभूत विद्यालय किचारमा २ लाख ११ हजारको लागतमा सरस्वतीको मन्दिर समेत निर्माण गर्नुभएको छ ।
वडाध्यक्ष भाटले २०७९ साउनदेखि हालसम्म वडाका बासिन्दाको विद्युत महशुल वाफत ५ लाख ५० हजार रकम बुझाइसकेको पाटन वितरण केन्द्र प्रशाखा इन्चार्ज केशव ऐरीले बताउनुभयो ।
वडाध्यक्षले तिरिदिए गाउँलेको साढे पाँच लाख विद्युत महशुल
सेयर गर्नु हाेस
सम्बन्धित समाचार
लेखकबाट थप
कैलालीमा दसैँ मनाउन गएको मौका छोपी घरबाट सुनचाँदी तथा नगद चोरी
कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियास्थित वनदेवी टोलमा बस्दै आएका एक व्यक्तिको घरबाट ६ तोला सुन, २ तोला चाँदी र नगद गरी लाखौँको धनमाल चोरी भएको छ।









