spot_img

वडाध्यक्षले तिरिदिए गाउँलेको साढे पाँच लाख विद्युत महशुल

- Advertisement -

केशवराज भट्ट
बैतडी फागुन १७ गते । बैतडीका एक वडा अध्यक्षले सबै वडावासी जनताको विद्युत महसुस तिर्दै आउनुभएको छ ।
जिल्लाको पाटन नगरपालिका–९ का वडा अध्यक्ष कालुसिंह भाटले आफ्नो वडामा बसोबास गर्ने तीन सय परिवारको विद्युत महसुल तिर्दै आउनुभएको हो ।
वडाध्यक्ष भाटले विगत वर्षदेखि आफ्नो मासिक पारिश्रमिकबाट वडाबासिको विधुत महसुस तिर्दै आएको बताउनुभयो । आफुले अध्यक्षमा निर्वाचित भए पछि उहाँले वडाबासीको विद्युत महसुल तिरिदिने घोषणा गर्नुभएको थियो ।
२०७९ साउनदेखि हालसम्मको विद्युत महसुल तिरेको रसिद उहाँले घर–घरमै पुर्याउने गरी टोल–टोलमा वितरण गरिरहनु भएको छ । अध्यक्ष भाटले आफ्नो पूरा कार्यकालसम्मनै वडाबासीको विधुत महसुस बझाउने बताउनुभयो ।
सानो रकम भए पनि वडाध्यक्षले आफैले तिरीदिने गरे पछि आफुहरुलाई सहज भएको स्थानीय लक्ष्मी महराले बताउनुभयो । महसुस बुझाउने रकमले छोराछोरीलाई कापीकलम किन्ने गरेको अर्का स्थानीय जगदीशराम बिकले बताउनुभयो ।
वडाध्यक्षको चुनावी एजेन्डा अनुसार उहाँले वडाबासीको विधुत महशुल तिर्ने गरेको स्थानीय धर्मान्नद भट्टले बताउनुभयो ।
अध्यक्षले आफ्नो पारिश्रामिकबाट तीन सय घरधुरीको विधुत महशुल बुझाउदै आउनुभएको र आर्थिक रुपमा बिपन्न नागरिकलाई पनि सहयोग गर्दै आएको अर्का स्थानीय मनोज भट्टले बताउनुभयो ।
वडाध्यक्ष भाटले वडाबासीलाई विभिन्न सहयोग गर्दै आएको बाताएका छन् । साथै उनले सरस्वती आधारभूत विद्यालय किचारमा २ लाख ११ हजारको लागतमा सरस्वतीको मन्दिर समेत निर्माण गर्नुभएको छ ।
वडाध्यक्ष भाटले २०७९ साउनदेखि हालसम्म वडाका बासिन्दाको विद्युत महशुल वाफत ५ लाख ५० हजार रकम बुझाइसकेको पाटन वितरण केन्द्र प्रशाखा इन्चार्ज केशव ऐरीले बताउनुभयो ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img