spot_img

सुदूरपश्चिममा भारी वर्षा, बैतडीमा सबैभन्दा धेरै २०.६ मिमि पानी मापन

- Advertisement -

बैतडी:पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा गएरातिदेखि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा बैतडीमा २०.६ मिलिमिटर मापन गरिएको छ। यस्तै, बाजुरा, डोटी, डडेलधुरा लगायतका जिल्लाहरूमा समेत वर्षा भएको छ।

मौसमविद् शान्ति कँडेलका अनुसार पश्चिम नेपालमा जमिन भिज्ने गरी वर्षा भएको छ। सुदूरपश्चिम र कर्णालीका धेरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने बाँकी पहाडी क्षेत्रका केही स्थानमा पनि हल्का वर्षा मापन गरिएको छ।

हाल काठमाण्डौ उपत्यकासहित देशभर बादल लागेको छ। दिउँसोपछि उपत्यकामा समेत पानी पर्ने सम्भावना रहे पनि पश्चिमी क्षेत्रमा जस्तै तीव्र वर्षा नहुने मौसमविद् कँडेलले बताउनुभयो।

महाशाखाका अनुसार भारतको जम्मू–कश्मीर तथा हिमाञ्चल हुँदै नेपाल प्रवेश गरेको मौसमी प्रणाली आज दिउँसोसम्म काठमाण्डौ आइपुग्नेछ। तर, पश्चिमी भेगको तुलनामा यसको प्रभाव उपत्यका र पूर्वी नेपालमा तुलनात्मक रूपमा कम रहने अनुमान गरिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले भोलि आजभन्दा कम पानी पर्ने सम्भावना रहेको जानकारी दिएको छ। भोलि बेलुकीदेखि अधिकांश स्थानको मौसम क्रमिक रूपमा सुधार हुने अनुमान गरिएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img