spot_img

क्यानले समाप्त गर्‍यो प्रमुख प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता

- Advertisement -

काठमाडौं – दुई वर्षदेखि नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक रहेका मोन्टी देशाईलाई नेपाल क्रिकेट संघ (क्यान)ले बिदाई गरेको छ । क्यानले शनिबार सामाजिक संञ्जालमार्फत मोन्टीसँगको सम्झौता सकिएको घोषणा गरेको हो ।

यद्यपि क्यानले यसअघि नै मोन्टीसँगका दुई वर्षको सम्झौता नविकरण नगर्ने निर्णय गरेको थियो । ‘दुई वर्षको सम्झौता सकिएपछि हामी नवीकरण नगर्ने निर्णयमा पुगेका हौं । कार्यसमितिबाट यसअघि नै पास भइसकेको छ,’ क्यानका प्रवक्ता छुम्बी लामाले भने । 

मोन्टी ०७९ माघदेखि नेपाली टिमको मुख्य प्रशिक्षक थिए । यसअघि मोन्टीले सन् २०१७ मा नेपालको यू–१९ टिमको ब्याटिङ सल्लाहकारका रूपमा काम गरेका थिए । मोन्टीको आगमनसँगै नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ को अन्तिम १२ मध्ये ११ खेल जित्दै चार वर्षका लागि एकदिवसीय मान्यता जोगाएको थियो । 

तर, गत असारमा नेपालले दोस्रोपटक आइसिसी टी–२० विश्वकप खेलेसँगै मोन्टीलाई हटाउने चर्चा चलेको थियो । विश्वकपमा नेपालले दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्ससँग खेल्दा मात्र १ अंक जोड्यो । त्यसपछि नै मोन्टीलाई निरन्तरता दिन नहुने छलफल चलेको थियो । तर, लिग २ को मिति नजिकै भएकाले त्यससम्मलाई सम्झौता थप गरिएको क्यानका सदस्य दुर्गाराज पाठकले  बताएका थिए । 

तर, नेपाल पछिल्लो १२ मध्ये आठ खेलमा पराजित भएपछि मोन्टी दबाबमा थिए । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ मा नेपाल २ खेल मात्र जितेको छ । त्यसैले आलोचना पनि हुन थालेको थियो । 

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img