spot_img

कञ्चनपुरबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

गोप्य सूचनाका आधारमा खटिएको प्रहरीले सोमबार साँझ करिब ७ बजे उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

- Advertisement -

धनगढी, असोज ६ गते । कञ्चनपुरबाट १५ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–२ वाणीका ३१ वर्षीय हेमराज जोशी र भीमदत्त नगरपालिका–६ ऐठपुरका ४२ वर्षीय महेशप्रसाद भट्ट रहेका छन् । भीमदत्त नगरपालिका–१० गज्जरस्थित गौरीशंकर मन्दिरबाट उनीहरू दुवै जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट १५ दशमलव ६७ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरी निरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयाे । उनकाअनुसार उनीहरू सवार सुपप्र०१ ००८प ६३४३ नम्बरको मोटरसाइकल र दुई थान मोबाइल पनि बरामद गरिएको छ ।

गोप्य सूचनाका आधारमा खटिएको प्रहरीले सोमबार साँझ करिब ७ बजे उनीहरूलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

दसैँ मनाउन गाउँ गएका भट्टको घरबाट ६ तोला सुनसहित नगद रकम चोरी

0
दसैँ मनाउन परिवारसहित बैतडी आएका हरिमोहन भट्टको कैलालीस्थित घरबाट ६ तोला सुनसहित नगद रकम चोरी भएको छ ।

गोदावरीका १९ वर्षीय युवासहित तीन जना पक्राउ

0
कैलालीको धनगढी उपमहानगरपालिका–४ दक्षिणकाली मार्गबाट ३ ग्राम ५८ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन्।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img