spot_img

बैतडीमा ईभी गाडी दुर्घटना हुँदा २० जना घाइते, चारको अवस्था गम्भीर

- Advertisement -

बैतडी, भदौ ३० गते । बैतडीको मेलौली नगरपालिका–१ बुढाकाफलमा विद्युतिय गाडी (ईभी) दुर्घटना हुँदा २० जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

मेलौली–उग्रतारा सडकखण्डअन्तर्गत घरेलु भवन नजिक मंगलबार साँझ करिब ६ः३० बजे दुर्घटना भएको हो। मेलौली नगरपालिका–१ मेलौलीबाट सोही वडाको झुसिल बजारतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ज ६३० नम्बरको ईभी गाडी अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

दुर्घटनामा मेलौली नगरपालिका–१ का अङ्कित नेगी (७), अन्सु नेगी (५), सरस्वती नेगी (३०), लक्ष्मी नेगी (२७), सरु पार्की (३३), चादनी पार्की (२५), जानकी पुजारा (३४), रमेश पुजारा (१२), रेस्मा पुजारा (१५), हजारी पोखरेल (६५), महेन्द्र पुजारा (४२), कमला दमाई (१०), गगन चन्द (६५), चालक मान सिंह नायक (३०), आलोक चन्द (५), अन्जना कुमारी नेगी (१२) र माधुरी नायक (१२) घाइते भएका छन्।

यस्तै, पाटन नगरपालिका–७ का नरेश ठगुन्ना (१९), दिनेश ठगुन्ना (१८) र सागर ठगुन्ना (१८) पनि दुर्घटनामा घाइते भएका छन्।

घाइतेमध्ये अङ्कित नेगी, अन्सु नेगी, सरु पार्की र जानकी पुजाराको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते १३ जनालाई मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। अन्य सात जनाको मेलौली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

स्थानीयवासी र प्रहरीले तत्काल उद्धार गरी घाइतेहरूलाई उपचारका लागि स्वास्थ्य केन्द्र पुर्‍याएका थिए। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img