spot_img

पहिरोले एक घर पुरियो, १० परिवार जोखिममा

- Advertisement -

बैतडी, भदौ ३० गते । पुर्चौंडी नगरपालिका–८ लामुनीमा पहिरोले एक घर पुरिएकाे छ भने १० परिवार उच्च जोखिममा परेका छन्।

सोमबार राति करिब ९ बजे घरमाथिबाट खसेको पहिरोले स्थानीय गणेशदत्त जोशीको घर पूर्णरूपमा पुरिएको हो। पहिरो खस्न थालेको आवाज आएपछि घरभित्र रहेका परिवारका सदस्य भागेर ज्यान जोगाउन सफल भएका थिए। पहिरोले घरसँगै अन्नपात र लत्ताकपडा पुरिएका छन्।

घर पुरिएपछि जोशी परिवार आफन्तको घरमा बसिरहेको स्थानीयले बताएका छन्। पहिरोले गोठमा पुरिएका १० वटा बाख्राको भने प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा जीवितै उद्धार गरिएको छ।

स्थानीयका अनुसार लामुनीमा वर्षौंदेखि पहिरो खस्दै आएकोमा लगातारको वर्षापछि पहिरो गाउँतर्फ फर्किएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सैनाका अनुसार पहिरो प्रभावित क्षेत्रमा प्रहरी टोली खटाइएको छ। उहाँका अनुसार थप १० घरपरिवार पहिरोको उच्च जोखिममा रहेका छन्।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img