spot_img

उदयदेव पाटन प्रीमियर लिग–६ कार्तिक ८ गतेदेखि आयोजना हुने

- Advertisement -

बैतडी, भदाै २७ गते । बैतडीको पाटनमा उदयदेव पाटन प्रिमियर लिग (युपीपीएल)–६ आयोजना हुने भएको छ । पाटन नगरपालिका–६ स्थित कृष्ण माध्यमिक विद्यालयको खेलमैदानमा खुला पुरुष टी–२० क्रिकेट प्रतियोगिता कार्तिक ८ गतेदेखि सञ्चालन हुने भएको हो ।

पाटन एकता समाजको आयोजनामा हुने प्रतियोगितामा प्रत्येक टोलीले बैतडी जिल्लाबाहिरका बढीमा तीन जना खेलाडी सहभागी गराउन पाउने आयोजक पाटन एकता समाजका अध्यक्ष किरन चन्दले जानकारी दिनुभयो ।

प्रतियोगिताका लागि टोली दर्ता गर्ने समय असोज २७ गते राति १२ बजेसम्म तोकिएको छ । प्रतियोगिताको विजेताले एक लाख ५५ हजार ६६६ रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टोलीले ५५ हजार ६६६ रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

त्यस्तै, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विधामा पुरस्कार प्रदान गरिने भएको छ । म्यान अफ द सिरिजलाई ट्रफीसहित १३ हजार ६६६ रुपियाँ, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई जनही पाँच हजार ६६६ रुपियाँ तथा उदयमान खेलाडीलाई तीन हजार ६६६ रुपियाँ पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलका म्यान अफ द म्याचलाई समेत नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

पाटन एकता समाजले यसअघि प्रतियोगिताका पाँच संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यस वर्षको प्रतियोगितालाई थप व्यवस्थित र उत्साहजनक रूपमा सञ्चालन गर्ने तयारी भइरहेको समाजका सचिव हरिश केसीले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेता टोलीले घोषित पुरस्कार रकममा आकस्मिक लाभकर नकाटिकनै पूर्ण रकम प्राप्त गर्ने क्लबका कोषाध्यक्ष वीरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

कैलालीमा दसैँ मनाउन गएको मौका छोपी घरबाट सुनचाँदी तथा नगद चोरी

0
कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियास्थित वनदेवी टोलमा बस्दै आएका एक व्यक्तिको घरबाट ६ तोला सुन, २ तोला चाँदी र नगद गरी लाखौँको धनमाल चोरी भएको छ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img