spot_img

आज बुवाको मुख हेर्ने दिन, कुशेऔँसी मनाइँदै

- Advertisement -

बैतडी, भदौ २६ गते । वैदिक सनातन धर्मावलम्बीले आज शुक्रबार कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन मनाउँदैछन् । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने यस पर्वमा जीवित बाबुलाई श्रद्धापूर्वक सम्मान गरी मिठाइ तथा मनपर्ने परिकार खुवाउने र आशीर्वाद लिने गरिन्छ ।

यस दिन छोराछोरीले बाबुलाई नयाँ वस्त्र, मिठाइ तथा फलफूललगायत सामग्री दिएर सम्मान गर्ने प्रचलन छ । बाबु दिवङ्गत भइसकेकाहरूले भने विभिन्न तीर्थस्थल तथा धार्मिक स्थानमा पुगेर बाबुको नाममा तर्पण, पिण्डदान र श्राद्ध गर्ने गर्दछन् ।

कुशेऔँसीका दिन वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याउने परम्परा पनि रहेको छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलिएको कुश घरमा राख्दा परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आज उखेलिएको कुश वर्षभरि प्रयोग गर्न सकिने मान्यता रहेको छ ।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीकका रूपमा मान्ने गर्दछन् । यस दिनलाई ‘पितृसम्मान दिवस’ का रूपमा समेत लिइन्छ ।

बाबु दिवङ्गत भएकाहरूले विशेषगरी काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिरलगायत विभिन्न तीर्थस्थलमा पुगेर तर्पण, पिण्डदान तथा सिदादान गर्ने गर्दछन् । यसै कारण भाद्रकृष्ण औँसीलाई गोकर्णे औँसी का नामले समेत चिनिन्छ ।

पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुसार यस दिन जीवित बाबुलाई श्रद्धापूर्वक सम्मान गरी आशीर्वाद लिएमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास रहिआएको छ । पछिल्लो समय व्यस्त जीवनशैलीका कारण टाढा रहेका छोराछोरीले समेत फोन, भिडियो कल तथा सामाजिक सञ्जालमार्फत बाबुलाई शुभकामना तथा सम्मान प्रकट गर्ने क्रम बढेको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img