spot_img

१५ शैय्यामा सीमित बैतडी अस्पताललाई ५० शैय्यामा स्तरोन्नतिको माग

- Advertisement -

केशव भट्ट, बैतडी, भदौ २४ गते । भौतिक संरचना र बिरामीको चापअनुसार सेवा विस्तार गर्नुपर्ने भन्दै जिल्ला अस्पताल बैतडीलाई ५० शैय्यामा स्तरोन्नति गर्न माग गरिएको छ ।

अस्पताल व्यवस्थापन समितिले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टलाई ज्ञापन पत्र बुझाउँदै अस्पतालसँग ५० शैय्या सञ्चालनका लागि आवश्यक भौतिक संरचना रहेकाले स्तरोन्नति गर्न माग गरेको हो ।

समितिका अध्यक्ष धनबहादुर क्षेत्री (जगदीश)का अनुसार भौगोलिक विकटता तथा बिरामीको चापलाई ध्यानमा राख्दै हाल १५ शैय्यामा सञ्चालन भइरहेको अस्पताललाई ५० शैय्यामा स्तरोन्नति गर्न आवश्यक छ ।

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री भट्टले अस्पताल स्तरोन्नतिका लागि आफू सकारात्मक रहेको बताउनुभएको अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।

अस्पताललाई स्तरोन्नति गर्न माग गर्दै समितिले प्रदेश सरकारलाई तेस्रो पटक ज्ञापन पत्र बुझाएको हो । यसअघि प्रदेश सरकारले नीति तथा कार्यक्रममा जिल्ला अस्पताललाई २५ शैय्यामा स्तरोन्नति गर्ने उल्लेख गरेको थियो ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

गोदावरीका १९ वर्षीय युवासहित तीन जना पक्राउ

0
कैलालीको धनगढी उपमहानगरपालिका–४ दक्षिणकाली मार्गबाट ३ ग्राम ५८ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन्।

दसैँ मनाउन गाउँ गएका भट्टको घरबाट ६ तोला सुनसहित नगद रकम चोरी

0
दसैँ मनाउन परिवारसहित बैतडी आएका हरिमोहन भट्टको कैलालीस्थित घरबाट ६ तोला सुनसहित नगद रकम चोरी भएको छ ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img